झापा । सहोदर भाइको हत्या आशंकामा झापा शिवसताक्षी नगरपालिका ८ सिमलचोकका नारायण सिटौला पक्राउ परेका छन् । उनलाई घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बिहीबार शिवसताक्षी ८ सितलचोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या भएको थियोे। उनको शव राति ९ बजेतिर घर नजिकै उत्तानो परेको अवस्थामा भेटिएको थियोे ।
हत्या आशंकामा दाजु नारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहे को इप्रका झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले बताउनुभयो । तीनजना दाजुभाइ मध्ये नारायण जेठा, रामप्रसाद माइला र अर्को एकजना भाइ छन् । रामप्रसाद अविवाहित रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट दाजुभाइले मादकपदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । शवको पोष्टमार्टम दमकमा गरिएको छ ।
भाइलाई सुतेकै ठाउँमा नारायण चिर्पटले हानेको प्रहरी आशंका छ । घटनास्थल वरपर दाउरा छरिएको र रगत लतपतिएको भेटिएको थियो ।
यसैबीच मनिषा लोहारको हत्यामा संलग्न प्रेमी कैलालीको गौरीगंगा नगरपालिका ३ का २० वर्षीय अनिल विकको स्वास्थ्य अवस्था गम्भीर छ ।
शुक्रबार साँझ अनिलले झापा अर्जुनधारा नगरपालिका ६ महानन्दचोकमा हत्या इलाम सूर्योदय नगरपालिका फिक्कलकी १९ वर्षीया मनिषाको छुरा प्रहार गरी हत्या गरेका थिए।
मनिषाको हत्या गरेर भाग्ने क्रममा स्थानीयले बल प्रयोग गरीअनिललाई नियन्त्रणमा लिएका थिए। तत्कालै इलाका प्रहरी कार्यालय बिर्तामोडलाई बुझाइएका अनिलको प्रहरी निगरानीमा विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच