अभ्यास खेलमा नेपाल विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालले एकमात्र अभ्यास खेलमा जित हासिल गरेको छ । नेपालले क्यानडा एचपी जगुआरलाई ६६ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ आभेर ५ बलमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । अभ्यास खेलमा नेपाली ब्याटरहरूले पूरै ५० ओभर खेल्न सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले ४१ रन बनाउनुभयो । कप्तान रोहित पौडेल ३३ रनमा आउट हुनुभयो । अनिल साह ४७ रनमा नटआउट रहनुभयो । क्यानडा एचपी जगुआरका जसकरण बुट्टर, इरफान सदात र शील पटेलले समान २-२ विकेट लिनुभयो ।

जवाफमा २४८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी जगुआरले ३९ ओभरमा अल आउट हुँदै १८० रनमात्र बनाउन सक्यो । उसका अजयवीर सिंहले सर्वाधिक ५५ रन बनाउनुभयो । नेपालको जितमा ललित राजबंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट हात पार्नुभयो ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली क्यानडासहित ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको दुई दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछन् । त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *