नयाँदिल्ली । विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतंगवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् । भारत प्रशासित कश्मीरमा दश वर्षपछि हुन लागेको पहिलो विधानसभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबीच झडप बढेको देखिएको छ ।
‘बहादुरको सर्वोच्च बलिदान’लाई श्रद्धाञ्जलि दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ । सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुवै देशले यसलाई पूर्णरूपमा दाबी गर्दै आएका छन् । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौंदेखि भारतीय सेनासँग लडिरहेका छन् । पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु-कश्मीर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ । सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधानसभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच