काठमाडौं । विगत दुई दशकदेखि क्रियाशील ट्रिवेल फेशन कन्सर्न प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको लिटिल आइडल नेपाल २०२४ को पाँचौं संस्करणको प्रतियोगिताको प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ । यस संस्करणको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न विद्यालयका बालबालिकासँगै अन्य नगरपालिकाका बालबालिकाले भाग लिएकोे आयोजकले जनाएको छ ।
दशैँ र तिहारको अवधिपछि फाइनलका लागि सोमबारदेखि एक महिने प्रशिक्षण सुरु हुनेछ । गत बिहीबार यस प्रतियोगितामा भाग लिने प्रतियोगीका अभिभावकसँग छलफल गरिएको थियो ।
अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार प्रतियोगीलाई दुईजना अनुभवी प्रशिक्षकले एक महिनासम्म प्रशिक्षण दिनेछन्, जसपछि फाइनलका लागि छनौट गरिनेछ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आयोजना हुने यो प्रतियोगितामा विजेताले नगद र ट्रफी पुरस्कार प्राप्त गर्नेछ ।