काठमाडौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा-४’ को निःशुल्क प्रदर्शन गरिएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा प्रदान गरिएको थियो ।
यसका लागि शनिबारका चार शोमा दर्शकले निःशुल्क चलचित्र हेरेका थिए । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ ।अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिनुभएको थियो । सुरुमा बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क गरिएकोमा दुई घण्टाभित्रै टिकट सकिएकाले राति ८.३० बजे लाई थप एक शो राखिएको दीपकले जानकारी दिनुभयो ।
आइएनआईका निर्देशक सुरेन्द्र थापाले वार्षिकोत्सवको अवसरमा दर्शकलाई निःशुल्क चलचित्र देखाइएको बताउनुभयो । शुक्रबारदेखि आइतबारसम्म अन्य चलचित्र हेर्दा दर्शकले निःशुल्क पपकर्न पाउनेछन् भने लक्की ड्रमा समावेश भएर ५० जना दर्शकले आकर्षक पुरस्कार जित्न सक्ने जनाइएको छ ।
‘छक्कापञ्जा ४’ गतवर्षको हिट चलचित्र हो । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरेको यसमा शीर्ष भूमिका छ । यही दशैंको फूलपातिमा ‘छक्कापञ्जा’को पाँचौ शृंखला सिनेमाघरमा आउँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच