काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले उहाँहरूलाई उक्त प्रमाणपत्र प्रदान गर्नुभएको हो । सुरेन्द्र र सुसनले विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्नु हुँदै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गर्नुभएको हो ।
सोलुखुम्बुस्थित काला पत्थरमा पाँच हजार ४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो ।
उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेको थियो । फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिनुभएको थियो ।