काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को नयाँ वेब सिरिज ‘राधाकृष्ण’को दर्शकमाझ आउने भएको छ । युट्युब दर्शकलाई लक्षित गर्दै उहाँले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जानकारी गराउनुभयो ।
यसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेतको उपस्थिति थियो ।
यो सिरिजमा दशक लामो माओवादी सशस्त्र युद्धका घटनालाई चित्रण गरिने मरिचमानले जानकारी गराउनुभयो । तर उहाँले आफू माओवादी भएको भन्ने अफवाह नफैलाउनसमेत आग्रह गर्नुभयो । कलाकार बल्छी धुर्वेलाई प्रचण्ड र डा.भट्टराईले बधाई तथा शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच