काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भर ओकमा दिपल एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ । उक्त विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्राण्डका पुरानो गाडी साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट-टाइम-इन’ नेपाल ‘फिचर-लोडेड’ दिपलका इभी खरिद गर्न सक्नेछन् ।
कार्निभलमा ग्राहकले प्रि-बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम इभी एस ०७ खरिद गर्न सक्नेछन् । ग्राहकले नेपालकै टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुयसन पाउनुका साथै थप एक्सचेन्ज बोनस पाउनेछन् । त्यसैगरी एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसोसरिज पाउनेछन् ।
जसमा तीन किलोवाटको ट्राभल चार्जर र सात किलोवाटको होम चार्जर पाउने कम्पनीले जनाएको छ । ग्राहकले गाडीको भ्यालुयसन र बुकिङमा गिफ्ट पनि पाउने बताइएको छ । कम्पनीका अनुसार दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआइ सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ स्पिकरलगायत १५ भन्दा बढी फिचर रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच