काठमाडौं । शहरी कृषि विश्वव्यापीरूपमा विभिन्न शहरमा लोकप्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ । विश्वका मुख्य शहरमा शहरी कृषि अभ्यास गर्ने कारणमा खाद्य सुरक्षा, वातावरणीय दिगोपन र सामाजिक आर्थिक अवसरहरू बढेका छन् तर शहरी कृषिले दिगो विकास लक्ष्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको अध्ययनको ठहर छ । ग्रोनिन्जेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा नौ सहकर्मीसहितको विश्वव्यापी अध्ययनले शहरी कृषिले दिगो विकास लक्ष्यलाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत मूल्यांकन गरेको छ ।
स्टोरी साइकलका फाउण्डर सौरभ ढकालका अनुसार उक्त अध्ययनमा विश्वभर करिब १४ सय ५० प्रकाशनको समीक्षा गरी शहरी कृषिले दिगो विकास लक्ष्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्यांकन गरिएको छ । अध्ययनको नतिजा सेल रिपोर्ट सस्टेनेबिलिटी जर्नलमा प्रकाशित भएको छ । शहरी कृषिको १७ वटै दिगो विकाससँग गहिरो सम्बन्ध रहेको, जसले ८१ लक्ष्यलाई सकारात्मकरूपमा र ५१ लाई नकारात्मकरूपमा असर गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उल्लेखित निष्कर्षहरू निकै महत्वपूर्ण रहेको बताइएको छ । किनभने ती निष्कर्षहरूले संयुक्त राष्ट्रसंघको आगामी साता हुने फ्रिचर समिट २०२४ अघि दिगो विकासतर्फको प्रगतिलाई गति दिने नयाँ दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ ।
डा. प्रधानका अनुसार शहरी कृषिले दिगो विकासका लागि अत्यन्त सम्भावना राख्छ तर सफल कार्यान्वयन भनेको सकारात्मक प्रभाव अधिकतम बनाउँदै नकारात्मक असर न्यूनीकरण गर्दै जानुपर्छ । अध्ययनले शहरी कृषिका प्रमुख चुनौती पहिचान गरेको छ, जस्तै प्रदूषणका कारण स्वास्थ्य जोखिम र पर्याप्त स्रोतको मागलगायत रहेका छन् ।
मिडवेस्ट युनिभर्सिटी नेपालका प्राध्यापक दयाराज सुवेदीले शहरी कृषिले दिगो विकासमा योगदान पुर्याउन स्रोतको समान पहुँच र कडा व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता युआनचाओ हुले भन्नुभयो, ‘शहरी कृषि दिगो विकासमा प्रगति गर्न महत्वपूर्ण छ तर यसका लागि समय र सन्दर्भ अनुकूल समाधानहरू आवश्यक छन् ।’
अध्ययनले शहरी कृषिका सकारात्मक प्रभाव बढाउने र नकारात्मक असर न्यूनीकरण गर्न दिगो अभ्यास अपनाउन सुझाव दिएको छ । जसले लचिलो शहरी भविष्यको विकासमा योगदान पु¥याउँछ । डा. प्रधानले भन्नुभयो, ‘हाम्रो अध्ययनले शहरी कृषिको दोहोरो प्रभाव उजागर गर्न वैज्ञानिक प्रमाणहरूको संश्लेषण गरेको छ, जसले खाद्य सुरक्षामा सुधार, जैविक विविधताको समर्थन र सामाजिक समावेशीकरणमा मद्दत पुर्याउँछ । शहरी कृषिले स्थानीय ताजा खाद्य उत्पादनमा सहयोग पुर्याउँदै खाद्य माइलहरू घटाउँछ र खाद्य सुरक्षामा उल्लेखनीय योगदान गर्छ । यसले सामाजिक समावेशीकरण र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ ।’ सुवेदीले भन्नुभयो, ‘शहरी कृषिका अवसर र चुनौतीे पहिचान महत्वपूर्ण छ । जनता, संस्था र सरकारहरूले दिगो रूपान्तरणका लागि शहरी कृषि प्रवद्र्धन गर्न सक्छन् । अनुसन्धानले स्थानविशेष शहरी कृषि अभ्यास पहिचान गर्ने लक्ष्य राखेको छ, जसले दिगोपनलाई अनुकूल बनाउँछ र विश्वभरका शहरहरूमा समाधान प्रदान गर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच