काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरू टाउको टेकेर हिँडिरहेको टिप्पणी गर्नुभएको छ । स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला कार्यक्रममा शनिबार बोल्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नु भएको हो । ‘केही एमालेलाई गलत देखाउन, अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भइरहेको कामलाई गलत देखाउन टाउको टेकेर हिँडिराखेका छन्,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले किसानलाई दूधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर उल्टो कुरा गरिएको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘दिनुछ किसानलाई दूधको बाँकी रहेको पैसा । त्यो पैसा तिर्न जसलाई दिइयो । त्यसलाई ऋण बोकाइयो भन्छ । ऋण लगाएको उसले, त्यो तिर्दे भने पनि ऋण बोकाइयो भन्छ ।’ सरकारलाई अघि बढ्न नदिने काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘२०८४ को चुनावमा एकल बहुमत ल्याउन नसके जटिलतामा फसिन्छ’
प्रधानमन्त्री ओलीले आगामी २०८४ को चुनावमा एकल बहुमत ल्याउन नसके जटिलतामा फसिने बताउनुभएको छ । सोही कार्यक्रममा बोल्दै ओलीले आगामी चुनावमा एकल बहुमत ल्याउनुपर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो । ‘खेत छ, बिउ राखेपछि, पछि गर्दा पनि हुन्छ भनेर त्यो चिज हासिल हुँदैन,’ ओलीले भन्नुभयोे, ‘मिसन ८४ हाम्रो लागि निर्णायक विन्दुमा छ । सफलतातर्फ अघि बढ्नुपर्छ । यसका लागि निर्णायक बनेर लाग्नुपर्छ । नभए जटिलतामा फसिन्छ । ८४ मा एकल बहुमत ल्याउन सकिन्छ । यसको लागि बलिया आधार छन् । यतिबेलै सारा सामथ्र्य लगाएर मिसन ८४ सफल बनाउनुपर्छ ।’ अघिल्लो चुनावमा नयाँ पार्टीले भोट घटाएको भन्दै उहाँले प्रभावकारी तयारी गरेमात्रै एमालेले अर्को चुनावमा एकल बहुमत ल्याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले नभएका पार्टीहरू जन्मिएका र तिनीहरू पनि खानै जन्मिएका बताउनुभयो । ‘भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरूले खाए होलान् । खानै जन्मिएकाहरू छन् । अनि तिनका मुखमा चाहीँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि,’ उहाँले भन्नुभयो । पाँच वर्षभित्र के परिवर्तन हुन्छ, को कहाँ हुन्छ त्यो बेग्लै कुरा भन्दै उहाँले प्रभावकारी रूपले अगाडि बढ्नुपर्ने बताउनुभयो । पार्टीभित्र कार्यकर्ता भएपछि उसले काम गर्नुको विकल्प नभएको ओलीको भनाइ छ । ‘हामी कोही पनि नेता होइन कार्यकर्ता हौं । कार्यकर्ता भनेको काम गर्ने कर्ता हो । हामी सबै कार्यकर्ता हौं’, ओलीले भन्नुभयो, ‘यसैले जिम्मेवारी बन्नुपर्छ । पद भनेको श्रीपेच होइन, काम गर्न तोकिएको जिम्मेवारी हो ।’
प्रधानमन्त्री ओलीले ०८४ को चुनावमा माओवादी केन्द्र राष्ट्रिय पार्टीसम्म बन्नसक्ने दाबी पनि गर्नुभयो । माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप छ/सात लाख भोट घट्ने बताउनुभएको हो । ‘एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अब अर्को चुनावमा पुग्दाखेरी चार/पाँच लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ।’ उहाँले भन्नुभयो ।
केही प्रतिक्रियावादीले राष्ट्रियता भन्ने चिज नहोस् भनेर भाँड्न खोजेको आरोप पनि ओलीले लगाउनुभयो । ‘राष्ट्रमा एकता हुन नदिन प्रतिक्रियावादी लागेका छन् । भाँड्ने, एकता हुन नदिने, राष्ट्रियता भन्ने चिज नहोस् भन्नेमा छन्,’ ओलीले भन्नुभयोे, ‘हामी नेपाली हौं भन्ने भावनामा अडिग हुनुपर्छ । राष्ट्रिय भावना र एकता कमजोर हुन दिन हुँदैन । यस्तो भए नेपालको अस्तित्व खतरामा पर्छ । विकासको प्रक्रिया ध्वस्त हुन्छ ।’ तसर्थ सचेत भएर अगाडि बढ्नुपर्ने ओलीको भनाइ छ ।
बालेनलक्षित टिप्पणी : ‘मनपरी बोल्नेविरुद्ध सबै अस्त्र प्रयोग गर्नू’
प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित टिप्पणी गर्नुभएको छ । उहाँले मेयर बालेनको नाम नलिइ ‘एउटा केटो’ भन्दै कटाक्ष गर्नुभएको थियो । बालेनप्रति कटाक्ष गर्दै ओलीले कार्यकर्ताहरूलाई मैदानमा उत्रनसमेत आग्रह गर्नुभयो । ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन । त्यो सँग जनमत छ । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भन्नुभयो । उहाँले मैदानमा निक्लिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृत मार्यो भने, बोकेका बिरालाले मृग मा¥यो भन्दै चलाइन्छ । त्यसकारण हामी भ्रमणबाट मुक्त हुनुपर्छ,’ ओलीले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच