आजको जीवन्त प्रश्न हो : नेपालको राजनीति किन स्थिर छैन वा हुनसकेन ? राजनीतिकको चञ्चलताबाट शासकीय स्थायित्वमा कुन हदसम्म प्रभाव परिरहेको छ ? वर्तमान नेपालको समस्या भनेको न राजनीतिक स्थिरता छ न शासकीय स्थिरता । दुवैको अस्थिरताले देश प्रयोगशालामा अनुदित भएको अवस्था छ । कसैसँग पनि यसको बने/बनाए भन्दा फरक उत्तर छैन । नेपालमा लोकतन्त्रको यात्रा कुनै समय संघर्षपूर्ण, कुनै समय निषेधपूर्ण, कुनै समय अराजक, हिंसक, कुनै समय अस्थिर र अत्यधिक चञ्चल महत्वाकांक्षाको बन्दी भएर विगत सात दशकयता परिभ्रमण गरिरहेको छ । लोकतन्त्रका सर्वमान्य सिद्धान्तहरू र यसमा विकसित परिभाषालाई समेत हाम्रो प्रयोगले अनेकपटक फेरबदल गरिरहेको छ । यसका परिभाषित सिद्धान्तहरूलाई हेर्दा यो तथ्य प्रकट हुन्छ ।
(१) लोकतन्त्रका प्रमाणित आधार :
रवर्ट ए.डाहलका अनुसार : लोकतन्त्रले दमनकारी शासनको अन्त्य, आधारभूत अधिकारहरूको बहाली, आमनागरिक स्वतन्त्रता, आत्मनिर्णयको अधिकार, नैतिक स्वायत्तता, मानवीय विकास, अत्यावश्यक निजी हितहरूको संरक्षण, राजनीतिक समानता, शान्ति र समृद्धिको स्थापना गर्दछ । अर्थात् दुष्ट, भ्रष्ट शासनलाई नियन्त्रण गर्दै नागरिकहरूको मौलिक अधिकारहरूको प्रत्याभूति र स्वतन्त्रता प्रदान गर्दछ । (अन डमोक्रेसीको नेपाली अनुवाद प्रजातन्त्रका बारेमा बाट) नेपालको लोकतन्त्रका भाष्यकार बी.पी.कोइरालाले लोकतन्त्र र राष्ट्रको सार्वभौम अस्तित्वलाई एकअर्काका पूरक बताएका छन् । स्वतन्त्रताविहीन नागरिकले राष्ट्रको रक्षा गर्न नसक्ने विचार बी.पी.को छ । बी.पी.का विचारमा : निर्धानिमुखा, अधिकार नभएको आफ्नो बुद्धिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रको निर्माण गर्न सक्दैनन् ।
(प्रजातन्त्र नरहे देश रहँदैनमा बी.पी.कोइराला)
लोकतन्त्र राजनीतिक विषयमात्रै होइन । प्लेटोका आदर्श राज्यको चरण अथवा पूर्वीय सिद्धान्त र दर्शन इतिहासले व्याख्या गरेका रामराज्य वा युधिष्ठीर प्रशासनको उदाहरणमात्रै वर्तमान समयलाई सम्बोधन गर्न पर्याप्त छैनन् । सिद्धार्थ गौतमले राज्य परित्याग गर्नुभयो र बुद्धत्व प्राप्त गर्नुभयो, यस्तो उदाहरण पनि आमरूपमा पर्याप्त हुँदैन । तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहृम लिंकनले भनेजस्तो लोकतन्त्र : जनताका लागि, जनताको र जनताद्वारा गरिने शासनमा पनि अनेक अवयवहरू थप भएका छन् । महात्मा गान्धीले स्वतन्त्रता प्राप्ति र यसको सर्वोच्चतालाई विशिष्टीकरण गरेका छन् भने जर्मनीका दार्शनिक कार्लमाक्र्सले भौतिकवादी विचारका आधारमा फरक सिद्धान्त प्रतिपादन गरेका छन् ।
विचार वा सिद्धान्तका आधारमा नभएर आणविक क्षमता, हातहतियार र प्रविधिको विकास, आर्थिक, औद्योगिक र व्यापारिक सामथ्र्यका आधारमा वर्तमानको राजनीतिक किल्ला खडा भएको अवस्था छ । यो सँगै विस्तारै केही अरू संकेतहरू पनि देखिँदैछन् ।
हिजोका दिनमा खास गरी दोस्रो विश्वयुद्ध समाप्तिसँगै आरम्भ शीत युद्ध र यसले विकास गरेका द्विध्रुवीय वैचारिक विश्वको अवधारणाले पुँजीवाद र साम्यवादी किल्ला खडा गरेको थियो । तर अब त्यो किल्ला ध्वस्त भइसकेको छ । विचार वा सिद्धान्तका आधारमा नभएर आणविक क्षमता, हातहतियार र प्रविधिको विकास, आर्थिक, औद्योगिक र व्यापारिक सामथ्र्यका आधारमा वर्तमानको राजनीतिक किल्ला खडा भएको अवस्था छ । यो सँगै विस्तारै केही अरू संकेतहरू पनि देखिँदैछन् । पहिलो धार्मिक, सांस्कृतिक आग्रह, दोस्रो जलस्रोतको उपयोग र आवश्यकता, तेस्रो पर्यावरणीय प्रभाव र चौथोमा जातीय चिन्तन प्रभावशाली हुँदै गएका छन् । तीन सय वर्ष पुरानो अमेरिकी लोकतन्त्र, खाडी क्षेत्र, पश्चिम एसिया, अफ्रिका, दक्षिण एसिया र अन्यत्र विकसित धार्मिक, जातीय सांस्कृतिक श्रेष्ठताको प्रश्नले अनेक देश गृहयुद्धको चपेटामा, कतिपय देशहरू द्विपक्षीय युद्धमा अल्झिन लागेको स्पष्ट छ । नवलोकतन्त्रले समेत पहिचानदेखि अनेक जातीय, क्षेत्रीय मुद्दाहरूको रडाको व्यहोर्नु परिरहेको अवस्था छ । विकसितदेखि अविकसित, अनि साम्यवादी सांस्कृतिक क्रान्ति भएका देश र समाजसमेत यस्तो द्वन्द्वको भूमरीमा देखिन्छन् ।
(२) सुविधा अनुसार लोकतन्त्रको अपव्याख्या :
त्यसो त महत्वाकांक्षी शासकहरूले आफ्नो सुविधा अनुसार लोकतन्त्रको परिभाषा फेरेका छन् र नागरिकमाथि लामो छोटो समय शासन गरेका छन् । जस्तो : हिटलर सामाजिक लोकतन्त्र भन्थे र निर्वाचनबाट नै उनी जर्मनीको नेतृत्वमा पुगेका थिए । उनकै कारण दोस्रो विश्वयुद्ध भयो । लेनिन, स्टालिन, माओ जस्ता कम्युनिष्ट शासकहरूले जनतन्त्र अर्थात् पिपल्स डेमोक्रेसी भन्दै असहमतलाई वर्ग दुश्मन ठह¥याएर र भौतिक सफाया गरे । उनीहरूले विरोधीहरूको जीवन हरण गरेपछि आमनागरिक आतंकित भयो र समर्थन गर्यो ।
आज पनि चीन, क्युवा, उत्तर कोरिया जस्ता केही देशहरूमा यो जनतन्त्रको विष सेवन गर्न विवश छन् जनता । विकसित साम्यवादको मार्ग भन्दै शासन गर्ने पोलपोट, चाउचेस्कु र अहिलेको उत्तर कोरियाको युवा शासक संसारमा क्रूर मानिएका छन् । पोलपोटले त ग्रामीण समाजवादको नाउँमा शहर खाली गर्दै सम्पूर्ण शिक्षितहरूलाई जंगलमा काठ काट्न, खेतबारीमा हलो जोत्न लगाएर तीन वर्षभित्र देशलाई बुद्धिजीवीविहीन बनाएको पढ्न पाइन्छ ।
लोकतन्त्रविरुद्ध अनेक मोडेलहरू परिकल्पित भए । नेपालमा तत्कालीन राजा महेन्द्रले निर्दलीय प्रजातन्त्रको अवधारणा ल्याए, यो प्रणाली तीस वर्षसम्म राजा र पञ्चहरूले चलाए । तत्कालीन युगोस्लोभाकियाका राष्ट्रपति मार्सल टिटोले वर्गीय प्रजातन्त्र (क्लास डेमोक्रेसी) इजिप्टका राष्ट्रपति नासिरले निर्देशित प्रजातन्त्र (गाइडेड डेमोक्रेसी) पाकिस्तानी तानाशाह अयुव खाँले आधारभूत प्रजातन्त्र (वेसिक डेमोक्रेसी)को व्याख्या गर्दै देश र जनतालाई बन्दी बनाउने काम गरेका थिए । १९९० को दशकमा सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाच्योभले पेरेस्त्रोइका र ग्लास्नोस्त भन्दै परिवर्तनको सूत्र अघि सारेपछि साम्यवादी सत्ताको शक्तिशाली किल्ला ढल्यो र पन्ध्रवटा स्वतन्त्र राज्यमा विघटित हुन पुग्यो । जर्मनीमा लागेको पर्खाल भत्कियो, पोलैण्डका मजदुरहरूले साम्यवादी सत्तासँग एक टुक्रा रोटीको माग गर्दै आरम्भ विद्रोहले साम्यवादी शासन ध्वस्त भयो, पूर्वी युरोपमा साम्यवादी सबै सत्ताको पतन भयो ।
नेपालमा एमालेका महासचिव मदन भण्डारीले पुष्पलालको ऐतिहासिक विचार संयोजनको भावभूमिमा बसेर जनताको बहुदलीय जनवादको विचार प्रयोगमा ल्याए र निर्वाचनको माध्यमद्वारा जनतासँग पुग्ने बाटो खोले । नेपालका सबै कम्युनिष्टहरूसँग नाम र अन्तर्राष्ट्रिय झण्डामात्रै बाँकी छ ।
नेपालमा एमालेका महासचिव मदन भण्डारीले पुष्पलालको ऐतिहासिक विचार संयोजनको भावभूमिमा बसेर जनताको बहुदलीय जनवादको विचार प्रयोगमा ल्याए र निर्वाचनको माध्यमद्वारा जनतासँग पुग्ने बाटो खोले । नेपालका सबै कम्युनिष्टहरूसँग नाम र अन्तर्राष्ट्रिय झण्डामात्रै बाँकी छ । यद्यपि कम्युनिष्ट पार्टी नाम र हँसिया हथौडा अंकित झण्डा देखाएर नै कम्युनिष्ट पार्टी र यसका नेताहरू जनतालाई ठग्ने काम गरिरहेका छन् । पछिल्लो चरणमा ०५२ देखिको माओवादी हिंसाको अवशान पनि पुष्पलालले प्रतिपादन गरेको स्वतन्त्रता र साम्यवादको तकियामा नै अडेस लागिरहेको छ । यस अतिरिक्त, अहिले पनि संसारका कतिपय देशहरूमा लोकतन्त्रको विकल्प भएर परम्परागत राजतन्त्र, सैनिक तानाशाही, धार्मिक तानाशाही, जातीय तानाशाही समेत चलिरहेको छ ।
(३) सात दशकको प्रसव वेदनापछिको नेपाली लोकतन्त्र :
सत्तरी वर्षको प्रसव वेदना भोगेको नेपाली राजनीतिको आँगनमा यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रको शिशु खेल्न लागेको अवस्था छ । प्रणाली उत्कृष्ट छ । तर प्रक्रिया र नेतृत्व गलत भएका कारण यो आज पनि धरमर गरिरहेको छ । सत्तरी वर्षको प्रसव वेदना सहेर स्थापित राजनीतिक प्रणाली पनि किन यसरी धरमर गरिरहेको छ भन्ने प्रश्न निश्चित रूपमा आत्मसमीक्षाको विषय हो । मेरो विश्वास संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा अविचल रहे पनि बौद्धिक विमर्शका लागि प्रक्रियागत केही प्रश्नहरू प्रस्तुत गरेको छु ।
(३.१) परिवर्तनमा प्रथम तत्व :
विसं. १८७२ को सुगौली सन्धिदेखि यता नेपालको राजनीतिमा आएका शक्ति केन्द्रित र सैद्धान्तिक परिवर्तनहरूमा विदेशी सहयोग र चासो निरन्तर प्रथमतत्व हुन पुगेको छ । नेपालको राजनीति यसै कारण करिब दुई सय वर्षदेखि नै आत्मनिर्भर हुन सकेको छैन । परनिर्भर राजनीतिले कहिल्यै पनि स्थायित्व दिन सक्दैन । भीमसेन थापाको उदय र हृदयविदारक पतन र जंगबहादुरको उदयसम्म ब्रिटिश इण्डियाको हात देखिन्छ । २००७ को क्राान्तिमा तत्कालीन भारतीय नेतृत्व र सरकारको प्रत्यक्ष साथ तर पूर्ण षड्यन्त्रमूलक र सुनियोजित रहेको स्पष्ट छ ।
क्रान्तिको परिणाम आधुनिक युगमा नेपालको प्रवेश थियो । नेपालबाट पारिवारिक राणा शासनको अवशान भयो । तर, पारिवारिक राजसंस्थाको प्रतिस्थापन । एकातिर सत्ता गुमेका राणाको अवशेष अर्कातिर नयाँ सत्ताको महत्वाकांक्षी आसनमा बसेका राजा र साक्षीजस्तो भएको भारतको त्रिकोणात्मक चेपुवामा नेपालको नवलोकतन्त्र प¥यो । राणा कांग्रेसको संयुक्त सरकारको मन्त्रिपरिषद् बैठकमा राजाको सल्लाहकार जस्तो भएर सहभागी हुन आएका र सहभागी हुन निकै जबरजस्ती गरिरहेका भारतीय राजदूतलाई तत्कालीन गृहमन्त्री बी.पी. कोइरालाले : यो स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न देशको मन्त्रिपरिषद् बैठकमा विदेशी राजदूत बस्ने अनुमति हुँदैन भनेर भारतीय राजदूत चन्द्रेश्वरलाई ढोकाबाहिर निकाल्नुभएपछि झन् ठूलो खेल सुरु भएको इतिहास अंकित विषय छ ।
यो घटना बी.पी.लाई सत्ताबाहिर बनाउन जति सहयोगी भयो त्यति नै राजाको हात बलियो गराउन, कांग्रेसभित्र दाजुभाइ (मातृका-बी.पी)बीच कलह पैदा गर्न र लोकतान्त्रिक शक्तिलाई कमजोर पार्न सफल भयो । खुकुरी दलको जन्म, विद्यार्थी आन्दोलन र एकजना विद्यार्थी चिनियाकाजीको मृत्यु प्रकरण, केआई सिंहको रहस्यपूर्ण विद्रोह, भीमदत्त पन्तको विद्रोह, रौतहटको किसान विद्रोह, कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध यसपछिका दिन थप संकटका हुन पुगे । ०१४ को ‘भद्र अवज्ञा आन्दोलन’को दबाबले भए पनि ०१५ देखि सम्पन्न प्रथम निर्वाचनले नेपाली कांग्रेसलाई प्रचण्ड बहुमत प्रदान गर्यो । तर, पनि लोकतन्त्रको जग भने बस्न सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच