पूर्वी नेपालमा मध्यराति भूकम्पको धक्का

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प भएको हो।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *