काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्ने बताउनुभएको छ । । आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उहाँले यस्तो जानकारी दिनुभएको हो ।
ओलीले हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाले त्यसको विषयमा छलफल गर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझक्याउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ।’