हेटौंडा । हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा जारी राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल भारी वर्षाका कारण सरेको छ । तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता-२०८१ को फाइनल अधिक वर्षाका कारण असोज १ गतेलाई सरेको आयोजकले जानकारी दिएको हो ।
तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २४ गतेबाट सुरु भएको थियो । फ्रिडम फाइटर भेट्रान्स, काठमाडौ र हरिवन भेट्रान्स, सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल भने सोमबार विहान ८ बजे हुने खेल संयोजक मोहन ढकालले जानकारी दिनुभयो ।
फाइनल खेलपछि असोज १ गते समापन हुनेछ । प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबहरुले प्रतिस्पर्धा गरेका छन् ।
जलन प्राथमिक उपचार केन्द्र स्थापनाका लागि सहयोग जुटाउने उद्धेश्यले जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख २ हजार २ सय २२ रुपिया“ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख लाग्ने आयोजकको अनुमान छ । पिप्ले युवा क्लब र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहआयोजनामा प्रतियोगिता गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच