७ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सकियो ‘नेपाल युथ समिट’को बृहत् अन्तरक्रिया

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 9 mins

काठमाडौं । राष्ट्र निर्माण मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको नेपाल युथ समिट बृहत अन्तरक्रिया कार्यक्रम ७ बुँदे घोषणापत्रमा जारी गर्दै समापन भएको छ ।

देशभरिका विभिन्न क्षेत्रमा काम गरिरहेका र आफ्नो उर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवाहरूलाई एउटै मञ्चमा ल्याएर देश निर्माणकाे साझा संकल्प गर्ने उदेश्यले यो बृहत कार्यक्रमको आयाेजना गरिएको थियो ।

सबै क्षेत्रमा काम गरिरहेका युवाहरू एकै ठाउँमा बसेर एकअर्काको अवधारणाहरू आपसमा बाँढेर नयाँ, संकल्प गर्नको लागि नेपाल युथ समिटले काठमाडौंमा यो कार्यक्रम गरिएको बताइएको छ ।

‘सयथरि बाजा एउटै ताल, सयाैं थुङ्गा फूलका हामी एउटै माला नेपाली भने झैँ फरक फरक क्षेत्रका सफल ब्यक्तिहरु एउटै मञ्चमा सहभागी भएर फरक फरक क्षमतालाई एउटै मञ्चका माध्यमबाट ‘साझा रुपमा देश कसरी निर्माण गर्न सक्छौँ ?, देशमा आर्थिक समृद्दि कसरी ल्याउन सक्छौँ ? , देशभित्रै रोजगारी कसरी सृजना गर्न सक्छौँ ?, देशमा उद्यमशीलताको अवस्था कसरी सृजना गर्न सक्छौँ ?, देशको शिक्षामा कसरी परिर्वतन गर्न सक्छौँ ?, देशमा युवाको भविश्य कसरी सुनिश्चित गर्न सक्छौँ ?, ‘समग्र रूपमा हाम्रो सुन्दर नेपाललाई समृद्घ नेपाल बनाउनका लागि साझा रुपमा कसरी अगाडी बढ्ने ? भन्ने विसयमा युथ समिटमा गम्भिर मन्थन, छलफल र बहस गरिएको छ ।

युथ समिटमा मुख्य गरी देश भित्रै बसेर निरासाको कुरा गरेर मात्र सकारात्मक परिवर्तको कल्पना गर्न नसकिने र नेपालभित्र पनि केही राम्रो काम गर्न सकिन्छ भन्ने उदेश्यले अन्तरक्रिया कार्यक्रममा सकारात्मक छलफल गरिएको छ ।

समिटमा देशलाई शैक्षिकरूपमा कसरी रुपान्तरण गर्न सकिन्छ ? स्थायित्व र नैतिक्ता युक्त राजनीति कसरी स्थापना गर्न सकिन्छ ? देशभित्र उद्योग धन्दाको बिस्तार कसरी गर्न सकिन्छ, पर्यटनलाई कसरी विकास र विस्तार गर्न सकिन्छ ? साथै नेपालका अन्य सामाजिक पक्षको विस्तारका निम्ती के के पहल गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको छ ।

भदौ २८ र २९ गते दुई दिन चलेको युथ समिटको पहिलो दिन अर्थात् भदौ २८ को उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसद विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रिता शाहीलगायतको सहभागिता रहेको थियो ।

समिटमा चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवद्र्धन, सफल व्यवसायी भरत ढकाल बैंकर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ठ पत्रकार दिलभुषण पाठक, नेपाल चिकित्सक सङ्घ केन्द्रीय अध्यक्ष डक्टर अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुबेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाल, कार्यक्रम सन्चालिका मन्जु पौडेल लगायत विभिन्न क्षेत्रका विज्ञहरू, युवा उद्यमीहरू, युवा नेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ताहरू, जनप्रतिनिधिहरू लगायत ५०० भदा बढि बिभिन्न क्षेत्रका युवाहरुको सहभागिता मा बृहत अन्तरक्रिया, बहस र छलफल मार्फत सात बुँदे घोषणा पत्र जारि गर्दै नेपाल युवा समिट सफलता पूर्वक सम्पन्न भएको नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले बताउनसभयाे ।

नेपाल युथ समिट - घोषणापत्र

राष्ट्र निर्माणमा साझा संकल्प सहित २०८१ भदौ २८ र २९ गते काठमाण्डौमा राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित नेपाल युथ समिट मा विविध २५ भन्दा बढी क्षेत्रमा आवद्ध युवाहरुसंगको छलफलबाट तय गरिएको ७ बुँदे संकल्प सहितको घोषणा पत्र ।

१. युवा उद्यमशीलता, रोजगारी र स्वदेशी उत्पादनको उपभोग : स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा देशभित्रै रोजागार गर्ने सक्ने वातावरण निर्माण गर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्ने, स्वदेशी उत्पादनका उपभोगलाई प्राथमिकता र सोको लागि समय सापेक्षित नीति, नियम, योजना र बजेटको व्यवस्था हुनुपर्ने ।

२. युवा सशक्तिकरण र नेतृत्वः युवाहरूलाई राजनीतिक, सामाजिक, र आर्थिक नेतृत्वमा पहुँच दिन राज्यका सबै तहमा समानुपतिक र अर्थपूर्ण सहभागी गराउने र उनीहरूको क्षमताको विकास गर्ने कार्यक्रम लागू गर्नुपर्ने ।

३. शिक्षा, प्रविधि र नवप्रवर्तन : सीप र बजारोन्मुख शिक्षा, डिजिटल शिक्षामा पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिमा युवाहरूको पहुँचलाई सुनिश्चित गरी डिजिटल साक्षरता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने ।
४. सामाजिक न्याय , लैङ्गिक समानता र सीमान्तकृत समुदायको समावेशिता : सामाजिक न्याय, लैङ्गिक समानता, अल्पसंख्यक, पछाडि पारिएका तथा सीमान्तकृत समुदायको मानव अधिकारको प्रवर्द्धन गर्दै सबै प्रकारका विभेद, हिंसा, र अन्यायको अन्त्य गर्ने ।

५. युवाहरुको भूमिकाको पहिचान, सम्मान र अवसर : युवा भनेका भविष्यका कर्णधार मात्र हैन वर्तमान हुन र उनीहरुको भूमिका, योगदान र राष्ट्र निर्माणमा मेरुदण्डको आवश्यकतालाई अहिलेनै पहिचान गरी बढी भन्दा बढी अवसर प्रदान गर्नुपर्ने ।
६. पर्यावरण संरक्षण र दिगो विकास : वातावरणीय संरक्षण र दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै हरित ऊर्जा, जलवायु परिवर्तन, र वातावरणीय न्यायको प्रवर्द्धनमा जोड दिनुपर्ने ।

७. सहकार्य, समन्वय र सहयोग : विविध क्षेत्रमा आवद्ध, कृयाशिल र विचारका युवाहरुबीच सहकार्य, समन्वय र सहयोगका भावनालाई बढाउने विविध कार्यक्रमहरुलाई स्थानीय देखि राष्ट्रिय तथा .अन्तर्राष्ट्रिय तहसम्म संचालन गर्ने र राष्ट्र निर्माणको साझा संकल्प पुरा गर्न लागिपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *