काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा दिलिप बादे निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न ३२औँ वार्षिक साधारणसभा तथा अधिवेशनले बादेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठ र उपाध्यक्षमा रामबहादुर तामाङ रहेका छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा निर्वाचन भएको थियो भने बाँकी पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाईं रहेका छन् । सदस्यमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्रकुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमल्सिना, रञ्जिता जिमी र कमला लामा रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।