इण्डियाले आफ्नो छिमेकीहरूमाथि प्रभुत्व जमाएर चीनविरुद्ध शक्तिशाली हुने नीति लिएको छ । चीनदेखि डराएको इण्डियाले छिमेकीहरूलाई आफ्नो मुट्ठीमा राखेर आफू शक्तिशाली बन्ने चाहनाले उसको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध बन्न सकेको छैन । ऊ आफ्नो छिमेकमा आफ्नो कठपुतली सरकार बनाउन जे पनि गर्न पछि पर्दैन । नेपालमा हेर्ने हो भने इण्डियाले अमेरिकासँगको सहकार्यमा नेपालमा २०४६ सालदेखि यता आफ्नो आज्ञाको पालन गर्ने सरकार बनाउँदै आएको छ । बीचमा राजा ज्ञानेन्द्र इण्डियाको आदेशहरूलाई शिरोधार्य नगर्ने शासक भएकोले पश्चिमा शक्तिको मद्दतमा माओवादी, सात दल र सेनालाई मिलाएर नेपालबाट राजतन्त्रको समाप्ति गर्न सफल भयो ।
पश्चिमाको आफ्नै स्वार्थ थियो संघीयता र धर्मनिरपेक्षता, इण्डियाको नेपालको प्राकृतिक स्रोतसाधनदेखि सत्तामा अदृश्य साझेदारी । जो २०६३ यताको प्रत्येक सरकारहरूले अक्षरशः पालन गर्दै आइरहेका छन् । ओलीलाई हाइलाइट गर्न कहिले नाकाबन्दी र कहिले चीन समर्थक भनेर उनको राष्ट्रवादी छवि निर्माण गरी दिएर आफ्नो आज्ञापालक बनाउने नीति लिएको छ इण्डियाले । ओली पनि समय हेरेर बेलाबेलामा मेगाफोन कूटनीति अपनाएर राष्ट्रवादी बन्ने नाटक गर्ने गरेका छन् तर उनको यो मेगाफोन कूटनीति केवल आफू हिरो बन्नमात्र हो देशको पक्षमा होइन भनेर आज आमजनताले बुझिसकेका छन् । नेपाललाई अस्थिर बनाइराख्न बेलाबेलामा अमेरिकासँगको सहकार्यमा इण्डिया यहाँ सरकार ढाल्ने र बनाउने खेल खेलिरहेको छ ।
इण्डियाले बंगलादेशमाथि आक्रमण गरे त्यो युद्ध रुस र युक्रेन जस्तै हुनेछ । बाहिर हेर्दा युद्ध युक्रेनसँग देखिने तर, भित्र रुसको युद्ध अमेरिकासँग हो । त्यही अवस्था बंगलादेशमाथि पनि आउन सक्छ । इण्डियाले त्यस्तो युद्धमा जाने आँट गर्ने छैन ।
बांगलादेशमा शेख हसिनालाई आजीवन आफ्नो कठपुतली बनाएर इण्डियाले आफ्नो र आफ्ना निकट उद्योगपतिहरूको स्वार्थपूर्तिका लागि प्र्रयोग गर्दै रहृयो । जब पानी घाँटीभन्दा माथि गयो तब विद्यार्थीहरूले आरक्षणविरोधी माग राख्दै आन्दोलन चर्काए जसलाई आमजनताले पनि साथ दिए । शेख हसिनाको दमनले पनि आन्दोलनलाई रोक्न सकेन र हसिना देश छोडेर भागेर इण्डियामा गएर शरण लिनु प¥यो तर शेख हसिनाको पलायनको पाँच दिनअगाडि डोनाल्ड लु ढाका आएर आन्दोलनलाई चरम उत्कर्षमा पुर्याउन मद्दत गरे । हसिनालाई देश छाडेर भाग्न बाध्य पारे । अमेरिकाले मोहम्मद युनुस जसको नाम आन्दोलनभरि सुनिएको थिएन उनलाई लण्डनबाट ढाका पठाएर सरकारको जिम्मेवारी दिन सफल भयो ।
अहिले फेरि आर्थिक सहायता दिने सम्बन्धमा डोनाल्ड लुको छुट्टै र अर्को छ सदस्यीय कूटनीतिक टोलीको नेतृत्व गर्दै राजस्व र अर्थ मन्त्रालयको सहायक अण्डर सेक्रेटरी ब्रेन्ट नेइम्यानको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल ढाका आयो । बंगलादेशको रिमोट अब इण्डियाबाट अमेरिकाको हातमा गएको छ । बंगलादेशी जनताले अझै यो कुरा बुझ्न सकेको छैनन् । इण्डिया अझै बंगलादेशमा आफ्नो षड्यन्त्र गर्न पछि हटेको छैन । नेपालमा पनि २०६३ सालको आन्दोलन पछि एक मधेस एक प्रदेशको नारा दिएर तराईलाई नेपालबाट अलग गर्न इण्डियाले पश्चिमाको सहयोगले नेपालस्थित आफ्ना प्यादाहरूलाई उचालेकै थियो तर सफल हुन सकेन ।
अहिले त्यस्तै बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूमाथि अत्याचार भइरहेछ भनेर छिट्पुट घटना बाहेकको सन्दर्भलाई उचालेर राष्ट्रिय स्वयंसेवक संघसँग आबद्ध बंगलादेशी हिन्दूहरूलाई उकासिरहेको छ । यसको लागि उसले अल्पसंख्यकको नाममा राजनीति गर्नु, उनीहरूलाई वर्तमान सत्ताविरुद्ध विद्रोहमा उतार्नु, न्यायिक कू, १५ अगष्टको प्रतिविद्रोहको कुचेष्टा, अनसार विद्रोह, बांगलादेशलाई कुनै जानकारी नै नदिई बाँधको ढोका खोलेर त्यहाँको केही जिल्लाहरूमा भीषण बाडी ल्याएर विपुल जनधनको क्षति गरी त्यहाँको अर्थतन्त्रलाई तहसनहस गर्ने काम मूर्ति विसर्जनलाई लिएर हिन्दू मुस्लिम दंगा आदि काम गर्यो । अझै बंगलादेशलाई अस्थिर बनाउन उसले कुनै कसर बाँकी छोडेको छैन ।
इण्डिया समर्थित सनातनी अधिकार मञ्चले ५ सेप्टेम्बरमा हिन्दूहरूमाथि भएको आक्रमणमा संलग्नमाथि कारबाही नभए ५ अक्टोबरमा लङ मार्च गर्दै ढाकालाई घेर्ने धम्की दिएका छन् । सद्यः इण्डियन रक्षामन्त्री राजनाथ सिंहले तिनै सेनाका उच्चपदस्थ अफिसरहरूको लखनउ सम्मेलनमा रुस युक्रेन युद्ध, हमास इजरायल युद्धसँगै बंगलादेशलाई पनि त्यसमा जोडेर तिनै सेनालाई शान्तिको लागि युद्धको तयारीमा रहन भनेका थिए । घुमाउरो पाराले बंगलादेशमाथि आक्रमण गर्न सक्ने सन्देश उनले दिएका छन् । यो बंगलादेशलाई तर्साएर आफ्नो बशमा राख्ने धम्की हो वा युद्धको तयारी ? तर आज बंगलादेश एक्लै छैन र उसलाई अमेरिकाको पूर्ण सहयोग छ ।
इण्डियाले बंगलादेशमाथि आक्रमण गरे त्यो युद्ध रुस र युक्रेन जस्तै हुनेछ । बाहिर हेर्दा युद्ध युक्रेनसँग देखिने तर, भित्र रुसको युद्ध अमेरिकासँग हो । त्यही अवस्था बंगलादेशमाथि पनि आउन सक्छ । इण्डियाले त्यस्तो युद्धमा जाने आँट गर्ने छैन । किनकि इण्डियाभित्रै सेभेन सिष्टर्स छुट्टिने संघर्ष जारी छ र अहिले मणिपुरमा यो आगो चर्को रूपमा सल्केको छ । त्यसैले अहिले करिब साठी हजार इण्डियन सेना मणिपुर जस्तो सानो राज्यमा तैनाथ छन् तर इण्डियाले बुझेको छैन वा बुझ्न चाहन्न विश्व महाशक्ति सोभियत संघ पनि एकदिन टुक्रिएर खण्ड खण्ड भएको थियो । त्यसैले इण्डिया चाहँदैन बंगलादेशसँग युद्ध गरेर इण्डियाले सेभेन सिष्टर्स गुमोस् ।
सेभेन सिष्टर्स बंगलादेशको सीमावर्ती राज्यहरू हुन् । सरकार प्रमुख मोहम्मद युनुसले इण्डियालाई सचेत गर्दै भनेका छन्, ‘यदि बंगलादेशलाई अस्थिर बनाइन्छ भने तब सेभेन सिष्टर्स र पश्चिम बंगाल अस्थिर हुनेछ । यो उनको इण्डियाप्रति घुमाउरो धम्की पनि हो । अहिले पश्चिम बंगालमा जुन आगो फैलिएको छ त्यो चाँडै निभ्नेवाला छैन । बंगालीहरूको महान् उत्सव दुर्गापूजालाई उनीहरूले आन्दोलनकै एउटा अंगको रूपमा उत्सव मनाउने भनेका छन् ।
सन् २००९ को २५ र २६ फेब्रुवरीमा बंगलादेशमा बंगलादेश राइफल्समा सैन्य विद्रोह भएको थियो । जसलाई पिलखाना बिडिआर हेडक्वार्टर हत्याकाण्ड भनिन्छ । सेनाहरूले हेडक्वार्टर कब्जामा लिई बिडिआर डाइरेक्टर जनरेल शकिल अहमदसहित सन्ताउन्न जना आर्मी अफिसर र १७ जना नागरिकको हत्या गरेका थिए । यो विद्रोहमा संंलग्न भनेर केहीले सजाय पनि पाए तर अहिले शेख हसिनाले गराएको छानबिन निष्पक्ष नभएकोले यसको पुनः छानबिनको माग उठेको छ । स्रोत तथा बंगलादेशी जनताको भनाइ अनुसार शेख हसिनाले इण्डियाको योजनामा इण्डिया विरोधी सेनाहरूको हत्या गराएकी थिइन् । अहिले सेनासमेत यसको छानबिन हुनुपर्नेमा एकमत छ ।
इण्डियाले आफ्नोविरोधीलाई समाप्त पार्न छिमेकी मुलुकको सेनालाई पनि छोड्दैन । इण्डियाको मानार्थ सेना भएको नेपाली सेना पनि इण्डियन सत्ताबाट प्रभावित भएको धेरै उदाहरण छन् । श्यामशरणको पुस्तकबाटै थाहा हुन्छ २०६२/०६३ को आन्दोलनबाट विरत रहन आदेश दिएको कुरा । कसरी उनले नेपालको प्रधानसेनापतिलाई निर्देशन दिएका थिए । सेनालाई कमजोर पार्न विदेशी शक्ति आफ्नो कठपुतली सरकारको माध्यमबाट कसरी सैन्य विद्रोह गराउन सक्छन् यो एउटा उदाहरण हो ।
यो घटनापछि बिडिआरको नाम परिवर्तन गरेर बिजीबी बोर्डर गार्ड अफ बंगलादेश नामले यसको पुनर्संरचना गरिन्छ तर बिजिबी पनि शेख हसिनाको कठपुतली बन्यो । उसले इण्डियाको बिएसएफले बंगलादेशी जनताको हत्या गर्दा पनि कुनै प्रतिवाद र प्रतिकार गरेन । प्रहरी र अर्धसैन्यबललाई हसिनाले आफ्नो पार्टीको कार्यकर्ताहरू जस्तो व्यवहार गरेकी थिइन् । साविक प्रधान सेनापति मइन उद्दिन अहमदले भनेका छन्, शेख हसिनाले निर्विघ्न रूपमा हत्याराहरूलाई जान दिएकी थिइन् ।
राजनाथ सिंहको भनाइ, ‘इण्डियाको चारैतिर जे भइरहेको छ, त्यसलाई गम्भीर पर्यवेक्षणमा राख्नुपर्छ र भविष्यमा सुरक्षा चुनौती सामना गर्न भविष्यमा संयुक्त सेनावाहिनीलाई काममा लगाउनुपर्छ ।’ उनले सँगसँगै रुस युक्रेन, हमास इजरायल र छिमेकी बंगलादेशको परस्थितिमाथि नजर राख्नुपर्छ भनेका थिए । राजनाथ सिंहको भनाइ अनुसार चारैतिर भन्नाले उनले दक्षिण एशियालाई इंगित गरेका हुन्, जसमा नेपाल पनि पर्छ । राजनाथ सिंहको भनाइ आएपछि बंगलादेशका पूर्वप्रधानसेनापति जनरेल इकबाल करिम भुँइयाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इण्डियाको रक्षामन्त्री राजनाथ सिंहले आफ्नो सेनावाहिनीलाई बंगलादेशको परिस्थितिको मूल्यांकन गर्न भनेका छन् । सँगसँगै जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार रहन भनेका छन् ।
नेपाली सेना अब पृथ्वीनारायण शाहले स्थापना तथा नेतृत्व गरेको तथा बहादुर शाहको नेतृत्वको गोर्खाली सेना रहेन । न त अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, वंशी गुरुङ आदि जस्ता सेनानायकहरू नै छन् । नेपाली सेना, नामको नेपाली सेना भएको छ ।
यसलाई हाम्रो रक्षाबाहिनीका प्रधानहरूले मूल्यांकन गर्न उचित हुनेछ, कहिले बेसामरिक प्रशासनलाई सहयोग गरेपछि देश रक्षाको मूल दायित्वमा युद्धका लागि तयार हुन जरुरी छ । नवनियुक्त, प्रतिरक्षा मन्त्रालयको सल्लाहकारले रक्षामन्त्रीले जति सक्यो चाँडै सम्भावित परिस्थिति मूल्यांकन गरेर बाहृयशत्रुको धम्की मुकाबिला गर्न आवश्यक सल्लाह दिनुहुनेछ । यसका लागि फ्रान्सको ‘लेभी एन मास’ अवधारणायुद्धको जनप्रतिरक्षाका लागि कार्यकारी बाटो हो । प्रतिरक्षाको क्षेत्रमा ‘लेभी एन मास’ फ्रान्सेली धारणा हो । जसमा राष्ट्रको प्रतिरक्षाका लागि जनतालाई पनि संलग्न गरिन्छ ।
‘लेभी एन मास’ फ्रान्सेली शब्द हो । सन् १७९२ देखि आक्रमणकारी पर्सिया र सर्बियाविरुद्धको युद्धमा यो नीति अवलम्बन गरिएको थियो । जस अनुसार १८ देखि पच्चीस वर्षका युवाहरूले सैन्य तालिम लिएर युद्धमा जानुपर्ने, गृहिणीहरूले सेनाको लागि टेन्ट र लुगा सिलाउनुपर्ने, बच्चाहरूले आफ्नो ठाउँबाट सहयोग गर्ने । जस्तै माओवादीहरूले उनीहरूको हिंसाकालमा बच्चाहरूलाई प्रहरी र सेना आएको देखे ‘स्याल आयो, बाख्रा बचाऊ’ आदि भनेर माओवादी सशस्त्र बाहिनीलाई सतर्क गर्ने गर्थे । वृद्धहरूले सार्वजनिक स्थलमा गएर देशवासीको एकता र सेनालाई हिम्मत दिने कुराहरू भन्ने गर्थे । राष्ट्रिय भवनहरूलाई ब्यारेकमा परिणत गर्ने, सार्वजनिक स्थलहरूलाई हतियार बनाउने स्थल बनाउने, किसानले सेनाको लागि अन्नले सहयोग गर्ने, व्यापारीहरूले आर्थिक सहयोग गर्ने आदि लेभी एल मास सिद्धान्त हो ।
अहिले बंगलादेशका आमजनता बुद्धिजीवी, पूर्वसैनिक जर्नेल आदिले इण्डियाको आक्रमणको प्रतिकारको लागि यही ‘लेभी एन मास’ नीति अपनाउन भनिरहेका छन् । हुन त त्यस्तो परिस्थिति नआउला । डोनाल्ड लुले इण्डिया र त्यसपछि बंगलादेश भ्रमण गर्दा दुवै देशलाई मिलेर सहकार्य गर्न सल्लाह दिएका छन् । अदृश्य रूपमा अहिले नेपालमाथि इण्डिया, अमेरिका र पश्चिमाहरूले राजनीतिक र धार्मिक आक्रमण गरिरहेका छन् र शासकवर्गले उनीहरूलाई साथ दिइरहेको छ । नेपाली सेना अब पृथ्वीनारायण शाहले स्थापना तथा नेतृत्व गरेको तथा बहादुर शाहको नेतृत्वको गोर्खाली सेना रहेन । न त अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, वंशी गुरुङ आदि जस्ता सेनानायकहरू नै छन् ।
नेपाली सेना, नामको नेपाली सेना भएको छ । यो इण्डियाको मानार्थ सेना, संयुक्त राष्ट्रसंघको शान्ति सेना र अमेरिकाको इण्डोप्यासिफिक सेनाको एउटा अंगमा परिणत भएको छ । नेपाल पुनर्एकीकरणको गोर्खाली सेना अब छैन, छ त केवल डमरु र त्रिशुल निशानी भएको नेपाली सेना छ । जसरी शेख हसिनाले त्यहाँको सेनालाई केवल दैवी प्रकोप, शान्ति सेना र ठेक्कापट्टामा मात्र व्यस्त राखेकी थिइन्, ठीक त्यस्तै अवस्था अहिले नेपाली सेनाको भएको छ । होइन भने अहिले प्रत्यक्ष बाहृय आक्रमणको सम्भावना नभएकोले नेपाली माटो सुहाउँदो लेभी एन मास नीतिमध्ये अहिलेलाई युवाहरूलाई सैन्य तालिम दिएर नेपाललाई पुरानै आफ्नै गौरवशाली अतीतमा फर्काउन सकिन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच