धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ८ मा धनयोगा फाउन्डेसनको आर्थिक सहयोग, दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोग र गल्छी गाउँपालिकाको सहजीकरणमा आँखा जाँच शिविर तथा दुई दिने शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
यही भदौ २८ र २९ गते सम्पन्न शिविरमा १०२ जनाले आँखाको निशुल्क शल्यक्रिया गराएका छन् । शिविरमा धादिङ्को गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका तथा नुवाकोटको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकाका मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिएको थियो ।
“शल्यक्रिया गराएर जति पनि यस भेगका स्थानीवासी लाभान्वित हुनु भएको छ त्यसमा हामी एकदमै खुशी छौं,” शिविर सञ्चालनका लागि आर्थिक सहायता जुटाउने धनयोगा फान्डेसन, नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले भन्नुभयो, “नुवाकोट र धादिङ्मा आगामी दिनमा पनि यस्तै कार्यक्रम आवश्यक देखिएको छ । अब हामी त्यसतर्फ पहल गर्नेछौं ।”
शिविर सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग धनयोगा फाउन्डेसन, युएसएको सहयोगमा धनयोगा फाउन्डेसन नेपालले उपलब्ध गराएको हो ।
उक्त अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष केदारप्रसाद खतिवडाले आफ्नो गाउँपालिका आगामी दिनमा दातृ संस्थाहरूसँगको साझेदारीमा यस्तै कार्यक्रमहरू गर्न इच्छुक रहेको बताउनु भयो । कार्यक्रममा धनयोगा फान्डेसन, नेपालकी कोषाध्यक्ष रोशना देवकोटा लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच