अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

हिमालय टाइम्स

फाइल तस्बिर

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो ।

घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरुलाई सहयोगीको आवश्यक्ता पर्दछ । अहिले घरपरिवारको कोही रगतको नाता भएका, भावनाको नाता भएका मानिसहरुले तपाईहरुलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले पनि कति सक्नुहुन्छ ? उहाँहरुका पनि आफ्नै खालको समस्याहरु छन् । फेरि साधन, स्रोतविना उहाँहरुले तपाईहरुलाई सहयोग गरिरहन पनि सजिलो भइरहेको छैन । त्यसैले यहाँहरुले जुन सहयोगीको खोजी गरिरहनुभएको छ । यहाँहरुलाई त्यो चाहिने अवस्था छ । हामीले त्यसलाई पूरा गर्नका निम्ति साधन, स्रोत सुनिश्चित गर्न केही समय लाग्छ । तर नीतिगत रुपमा यो आवश्यकता हो भनेर राज्यले स्वीकार गर्न सक्ने अवस्था निर्माण गर्नसक्छौं । हामी त्यसको निम्ति कोशिस गरिरहेका छौं । अव राज्यले यहाँहरुसँगको सम्बन्ध यहाँहरुको जीविकोपार्जन, यहाँहरुले गर्ने गतिविधिमा सहजीकरण राज्यका संरचनाहरु, पूर्वाधारहरु अपांगतामैत्री हुनुपर्छ भन्ने कुराहरु धेरै अगाडिदेखि राखिरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकसित गर्न पनि स्रोत सुनिश्चित हुनुपर्ने, नयाँ बन्ने संरचनामा केही स्रोत थप गरेर अपांगतामैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसको निम्ति पनि हामीले केही कोशिस गरिरहेका छौं ।’

मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…