काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ ।
समितिका सातैजना सदस्यले हस्ताक्षर गरेको प्रतिवेदन बुझाइँदैछ ।
आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८०’ प्रतिनिधिसभामा पेस गर्नुहुनेछ ।
आजको कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्नुहुनेछ ।
कानूनमन्त्री चौरसियाले आजै विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने पनि कार्यसूची रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच