बारा । किराना व्यापार संघ कलैयाले बारा उद्योग वाणिज्य संघको निर्वाचनमा दिएको उम्मेदवारी फिर्तासँगै निर्वाचन बहिष्कारका निर्णय गरेको छ ।
संघ कलैयाको सोमबार बसेको बैठकले आफूसँग आवद्ध भएर निर्वाचनमा भाग लिएका र आफना संघमा आवद्ध सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गरी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेल गरि जानकारी गराउनु भएको छ ।
संघको तर्फबाट उम्मेदवारी दिएका कोषाध्यक्ष पदका उम्मेदवार राजेश गुप्ता, सचिव पदका उम्मेदवार दिपलाल साह, सदस्यपदको लागि उम्मेदवारी दिएका दिनदयाल साह, संजय कुमार पटेल, देवकुमार साह, शोभाकुमारी सर्राफ, अन्जनी कुमार साह, विशाल कुमार साह र बाबु योगेन्द्र कुमारको उम्मेदवारी फिर्ता गराइएको संघका अध्यक्ष सुनिल कुमार साहले बताउनुभयो ।
उद्योग वाणिज्य संघ बारा हाम्रो लागि आवाज उठाउने संस्था हो, अध्यक्ष साहले भन्नुभयो,‘तर संघका पदाधिकारीहरुले नै हामी माथि आक्रमण गर्ने, अभद्र व्यवहार गर्ने, कुटने लगायतका गतिविधि गरेको कारण बाध्य भएर उम्मेदवारी फिर्ता सँगै निर्वाचन बहिष्कार गर्नु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नत आफना सदस्यहरुको हक अधिकारको लागि आवाज उठाउन सकेको छ नत हामी व्यापारीहरुको हितको कार्य गर्न सकेको छ । यस्तो परिस्थितिमा संघमा रहेर पनि कुनै काम छैन । निर्वाचनमा भाग लिन जाँदा कुटाई खानु पर्ने, गाली खानु पर्ने परिस्थितिको विद्यमानता रहेको छ । हाम्रो हक अधिकार र सुरक्षाको लागि स्थापना भएको उद्योग वाणिज्य संघ हामी माथि नै खनिएको अवस्था रहेको छ ।' संघको आर्तक र अत्याचारबाट आतंकित भएर बाध्य भएर यस्तो कदम उठाउनु परेको उहाँले बताउनुभयो ।
आइतबार साँझ महासचिवको उम्मेदवार सन्तु साहको पसल अगाडी उम्मेदवारी फिर्ता लिएको विषयमा कुराकानी भइरहेको बेला अचानक उपाध्यक्ष पदका उम्मेदवार गोल्डेन भन्ने प्रदीप साह आई सचिव पदमा उम्मेदवारी दिएका दिपलाल साहमाथि आक्रमण गरेको गाली गलौज गरेको हामीले सम्झाउँदा बुझाउँदा समेत नमानी किराना व्यवासी संघका सदस्यहरुलाई तथानाम गालीगलौज गरेको कारण बाध्य भएर यस्तो निर्णय लिनु परेको हो ।’ उहाँले भन्नुभयो ।
बारा उद्योग वाणिज्य संघमा वाणिज्य तर्फ ५ सय ७२ र उद्योग तर्फ ९२ जना मतदाता रहेको जनाइएको छ । जसमध्ये २ सय जति किराना व्यापारी सदस्य रहेको अध्यक्ष साहले बताउनुभयो । बारा उद्योग वाणिज्यसंघको निर्वाचन यही असोज ५ गते हुने भएको छ ।
१० जना भन्दा बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सूर्यजित सिहले बताउनुभयो । साँझ ६ बजे नामावली फिर्ता गरेकाे र बाँकी रहेका सबै पदको बारेमा जानकारी गराउने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच