काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनसार उनीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयनरनियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।
सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी आयोगले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच