हुम्ला । प्रेस चौतारी नेपाल हुम्ला शाखाले सोमबार नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा ताला बन्दी गरेको छ । केही दिनअघि प्रकाशन भएको सदस्यतामा आफ्ना सदस्यहरुको नामावली छुटाएको भन्दै आज चौतारी हुम्ला शाखाले ताला लगाएको हो ।
भदौ २९ गते शनिबार बेलुका नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेका सदस्यता विवरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरुको नाम हटाएको भन्दै ताला लगाएको बताइएको छ ।
प्रेस चौतारीका चार जना सदस्यको नाम छुटेको भन्दै चौतारी हुम्ला शाखाका सचिव दाने बोहराको नेतृत्वमा गएको टोलीले महासंघ हुम्ला शाखाको कार्यालयमा ताला लगाएको जानकारी प्राप्त भएको छ ।
पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नविकरण र तीन जनाको नयाँ सदस्य प्रदानका लागि सिफारिस गरेकोमा ती चारै जनाको सार्वजनिक भएको नामावलीमा छुटाएको भन्दै कार्यालयमा ताला लगाएको चौतारी शाखा हुम्लाका सदस्य धन बहादुर भण्डारीले बताउनुभयो ।
नाम छुटेका चार जना सदस्यहरुमा नृपराज हमाल नविकरण गर्ने र नयाँ सदस्यताका लागि सिफारिस गरिएका सदस्यहरुमा लक्ष्या कामी, धनबहादुर भण्डारी, सुन्दर रावत र ऐटन रावल रहेका छन् ।
यस अघि महासंघ हुम्लाबाट ३२ जना पुराना सदस्यहरुको नाम नवीकरणका लागि सिफारिस गरेको थियो भने ११ जनाको नाम नयाँ सदस्यहरुका लागि सिफारि गरेको थियो । हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ । तर पुराना कृयाशिल पत्रकारहरूलाई हटाएर नयाँ सदस्य थपेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच