कैलाली । सुदूरपश्चिम सरकारले सिलिङको बजेट नयाँ कार्यक्रमका साथ ल्याइएको छ । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको ३१ अर्व ६२ करोड ९८ लाख २८ हजार बजेट नयाँ कार्यक्रमका साथ ल्याइएको हो ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा आर्थीक वर्ष २०८१/०८२ को लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा चालु तर्फ १२ अर्व ८५ करोड ७४ लाख ५ हजार (४०.६५ प्रतिशत) र पुजिगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) विनियोजन गरेको उनले बताए । त्यस्तै वित्तिय व्यवस्था तर्फ एक करोड अर्थात (०.०३ प्रतिशत) विनियोजन गरिएको छ ।
यसअघि आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ल्याएको बजेटमा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार (५५.४२ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार (०.५ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १० करोड (०.३१ प्रतिशत) विनियोजन गरिएको थियो ।
उक्त बजेट प्रदेश सभाबाट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो ।
बजेट भाषण प्रतिपक्षद्धारा बहिष्कार
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट भाषण बहिष्कार गरेका छन् । सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले पहिले नाराबाजी गरेका थिए । २० मिनेटपछि फेरि शुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि उनीहरुले बैठक बहिष्कार गरेर बैठक कक्ष छोडेका हुन् ।
माओवादीका संसदीय दलका नेता मानबहादुर धामीले भन्नुभयाे, 'हामीले व्यवस्थालाई कता डोर्याइरहेका छाैँ, संविधानले असार १ गते बजेट ल्याउनु भन्छ तर आज किन ल्याइदैछ ?' भन्दै प्रश्न गर्नुभयो । प्रदेश सभामा बोल्दै उहाँले भन्नुभयाे, 'कहीँ नभएको जात्रा हाडी गाउँमा भन्दै आज असार हो कि भदौ ३१ हो ?' भनेर फेरि प्रश्न गर्नुभयो ।
प्रदेश प्रमुखको भूमिका ठिक नहुँदा असार १ गते तत्कालिन सरकारले ल्याएको बजेट पारित नभएको आशय पनि उहाँले व्यक्त गर्नुभयो । नेता धामीले बोली सकेपछि माओवादी र समाजवादीले बैठक कक्ष छोडेका हुन् । उनीहरुले गैर संवैधानिक तरिकाले बजेट ल्याउन मिल्दैन भन्दै प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
बैठकमा अर्को प्रतिपक्षी दल राप्रपाका खेमा विष्ट मात्र हुनुहुन्थ्यो ।
हेर्नुहोस्पू र्णपाठ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच