काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग गरिएको छ ।
नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले
सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै यस्तो माग गर्नुभएको हो ।
संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै चौधारीलाई कारबाही गर्न उहाँले माग गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’
पूर्वमन्त्रीसमेत रहनु भएका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भू-भागमा भारतको दाबी पुग्ने बताउनु भएको थियो । सो अभिव्यक्तिको विरोध भएपछि उहाँलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच