रुपन्देही । स्वाथ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वास्थ्यका सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदनबाट मर्चवारी गाउँपालिका जिल्लामा प्रथम भएको हो ।
यस्तै सम्मरीगाउँपालिका द्धितिय र देवदह नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले बताउनु भयो। स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मुल्यांकनबाट उत्कृष्ट घोषणा गरिएको हो ।
कार्यशाला समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले स्वास्थ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको विषय भएको कारण स्वाथ्यका सबै सूचक पुरा गर्नको लागि सबै निकाय जिम्मेबार पूर्ण भएर लाग्नुपर्ने बताउनु भयो। उहाँले उत्कृष्ट पालिकालाई बधाई ज्ञापन गर्दै अन्य जिल्लाका पालिकाहरुले पनि सबै स्वास्थ्य सूचक पूरा गरी सधैँ, सबै उत्कृष्ट पालिका हुनुपर्ने बताउनु भयो।
स्वाथ्य निर्देशनालय राप्ती उपत्यका दाङका प्रमुख डा. विनोद कुमार गिरीले पालिका स्तरबाट नमुना काम भएको बताउँदै पालिका–पालिकाका असमानता पत्ता लगाउने, हटाउने भन्दा पनि कभरेज रेट बढाउन आवश्यक रहेको बताउनु भयो।उहाँले सबै पालिका हरुले तोकिएको कभरेज दर लाई पुरा गर्नको लागि कुनै पनि कसर बाँकी राख्न नहुने बताउनु भयो।
कार्यशाला समापन कार्यक्रममा बोल्दै स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले सबैको साथ र सहयोगबाट नै स्वाथ्य क्षेत्रका हरेक सूचकांक पुरा गर्न सकिने बताउनु भयो। उहाँले यसमा प्रदेश सरकार, स्वाथ्य कार्यालय जहिले पनि तयार रहेको भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
सहभागीको तर्फबाट बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले भनाई राख्नु भयो। कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले धन्यवाद दिनुभयो। कार्यक्रमको सञ्चालक कार्यालयका ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले गर्नु भएको थियो। सोही कार्याशालामा निजामतिमा दिवसको दिन पुरस्कृत गरिने उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयका स्वाथ्य निरिक्षक सुरेन्द्र प्रसाद दुवेदीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच