बुटवल । झरना स्पोर्ट्स क्लबले स्व. खगी गुरुङ्सेनीको स्मृतिमा हुने ३६औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा गरेको छ । प्रतियोगिता भोलि बुधबार (असोज २ गते)देखि उमा आधारभूत विद्यालय तिलोत्तमा-६ कुन्जालापुरको खेलमैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा यस वर्ष १६ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा रूपन्देहीका १३ टिमबाहेक पश्चिम नवलपरासी, कपिलवस्तु र स्याङ्जाको वालिङबाट एक-एक टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेताले तीन लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलका अनुसार प्रतियोगिताको सेमिफाइनल खेल्दै दुवै टिमलाई २५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमशः १०/१० हजार पाउनेछन् भने खेल अवधिभरि हरेक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको उक्त क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । खेल हेर्नका लागि ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच