काठमाडौं । पहिलोपल्ट नेपालमा हुन लागेको भलिबलको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले पहिलो संस्करणको इडब्लुभिएलको ट्रफी काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । भलिबल खेलको सार समेट्दै ट्रफी डिजाइन गरिएको छ ।
ट्रफीमा गुलावी रङका क्रिस्टल समावेश गरिएको छ । खेलाडीले स्पाइक गरिरहेको ट्रफीलाई आकर्षक पार्न गुलावी रङका क्रिस्टल राखिएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इडब्लुभिएलका मुख्य प्रायोजक वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गर्नुभएको थियो ।
आयोजकका अनुसार देशका विभिन्न क्षेत्रमा ट्रफी टुर गरिने भएको छ । पहिलो संस्करण भएकाले उत्साह सिर्जना गर्न ट्रफी टुर आयोजना गरिएको इन्फिनिटी ड्रिम्स प्रालिले जनाएको छ । आगामी असोज १ गते कर्णालीमा, ४ गते मधेशमा, ७ गते चितवनमा, ९ गते गण्डकीमा, ११ गते ललितपुरमा र १२ गते काठमाडौंमा ट्रफी टुर हुने तालिका छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १४ देखि १९ गतेसम्म हुँदैछ ।
पहिलो संस्करणमा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली एसभिसले प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइजले मार्कीसँगै घरेलु खेलाडी पनि अनुबन्ध गरिसकेका छन् ।
गण्डकीको मार्की खेलाडी सरस्वती चौधरी, काठमाडौंको उषा भण्डारी, मधेशको मार्की निरुता ठगुन्ना, ललितपुरको मार्की सलिना श्रेष्ठ, कर्णालीको मार्की सुमित्रा रेग्मी र चितवनको मार्की राष्ट्रिय टोलीकी कप्तान अरूणा शाही हुनुहुन्छ ।
हरेक फ्रेन्चाइजले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । चितवन र मधेशले विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । चितवनमा अजरबैजानकी केसेनिया पावलेन्कोका साथै दुई भारतीय खेलाडी सूर्या र केपी अनुश्री अनुबन्ध हुनुभएको छ । मधेशले भारतीय लिफ्टर जिनी कोभात, ट्युनिसियाकी योस्रा जेरामदिनी र काजखस्तानी स्पाइकर कालिनोभा यभजेनियालाई अनुबन्ध गरेको छ । गण्डकीले रसियन स्टार एलिसा रुबियकलाई भित्र्याउँदा अन्य फ्रेन्चाइजले भने विदेशी खेलाडी अनुबन्ध गरेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच