काठमाडौं । नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयरफोर्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पुलिसले एयरफोर्सलाई २५-१६, २५-२० र २५-२१ ले हराएको हो ।
पहिलो र दोस्रो सेटमा नेपाल पुलिस क्लबले अग्रता बनाउँदै जित निकालेको थियो भने तेस्रो सेटमा एयरफोर्सले २१ अंकसम्म अग्रता बनाइरहेको थियो । पछ्याउँदै गरेको पुलिसले लगातार अंक बटुल्दै दोस्रो जित दर्ता गरेको हो ।
पुलिसले पहिलो खेलमा आइतबार उज्वेकिस्तानको हृयुमो क्लबलाई पनि ३-० ले नै हराएको थियो ।
पुलिसले अब तेस्रो खेल ताजकिस्तानको भिसी डियामेदसँग खेल्नेछ भने लिगको चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ ।
गत चैतमा सम्पन्न भएको एनभिए महिला भलिबल लिगमा एभरेष्ट क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । सोहीअनुसार लिग विजेताको हैसियतमा पुलिसले काभा महिला क्लब च्याम्पियनसिप खेलेको हो ।
यस प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले आफ्नो विभागबाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपिएफका निरुता ठगुन्ना र सरस्वती चौधरी हुनुहुन्छ भने न्युडायमण्डकी सुमित्रा रेग्मी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच