काठमाडौं । जारी एन्फा महिला लिगमा वालिङले तेस्रो जित निकालेको छ भने सुदूरपश्चिमले पाँचौँ हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच-एकले पराजित गरेको हो ।
भायला नामुद्दुको हृयाट्रिकसँगै वालिङ नगरपालिकाले एन्फा महिला लिगमा तेस्रो जित दर्ता गराएको छ । जितसँगै वालिङले पाँच खेलबाट नौ अंक जोडेको छ । वालिङ तालिकाको पाँचौँ स्थानमा छ । सुदूरपश्चिम भने अंकविहीन छ ।
वालिङका लागि भायलाले तीन गोल गर्दा ज्याकिलिन नस्साली र सुस्मा तामाङको नाममा समान एक गोल रहृयो । सुदूरपश्चिमकी ऋतिका कार्कीको गोल सान्त्वना रहृयो ।
पहिलो हाफमै भायलाले हृयाट्रिक पूरा गर्नुभएको थियो । त्यसमा ज्याकिलिनले पनि एक गोल थप्दा पहिलो हाफमा वालिङले ४–० को फराकिलो अग्रता लिएको थियो । चारमध्ये तीन गोल पाँच मिनेटको अन्तरालमा भएको हो । ५०औँ मिनेटमा सुस्माले वालिङका लागि गोल गर्नुभएको थियो ।
त्यसको १२ मिनेटपछि ऋतिकाले सुदूरपश्चिमका लागि वान भर्सेस वानमा गोल गर्दै खेल पाँच-एकमा पुर्याउनुभयो । सुदूरपश्चिमले प्रतियोगितामा गरेको यो दोस्रो गोल हो । यसअघि बागमती युथ क्लबसँग पाँच-एकको हार बेहोर्दा तुलसा बोहराले एक गोल फर्काउनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच