टोकियो । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कुल जनसंख्याको २९.३ प्रतिशत वृद्धवृद्धा छन् ।
विश्वका २०० देश र एक लाखभन्दा बढी जनसंख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्षस्थानमा रहेको मन्त्रालयले जनाएको छ ।
इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसंख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् ।
दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसंख्या छ ।
जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रमशक्ति घट्दै जान्छ ।
जापानको सरकारी तथ्यांकअनुसार देशको कुल जनसंख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ ।
तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एकजना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् ।
जापान सरकारले आफ्नो जनसंख्याको ह्रास र वृद्धवृद्धाको जनसंख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजना सार्वजनिक गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच