मोदी सरकारद्वारा विज्ञान, प्रविधि र सुरक्षालाई प्राथमिकता

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली । मोदी ३.० नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले भारतलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ । आफ्नो पहिलो एक सय दिनमा मोदी ३.० सरकारले करिब १५ लाख करोड (भारतीय रुपैयाँ) को परियोजनाहरू सुरु गरेको छ । यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन् ।

मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि एक हजार करोड रुपैयाँको उद्यम पुँजी कोषको स्थापना, अगष्ट १६ मा एसएसएलभी-डी ३ मा इओएस-०८ उपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रुपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुवात समावेश छन् ।

यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ (सेमीकन्डक्टर युनिट) स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ ।

प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ ।

ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ । मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनःस्थापनाका लागि हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । रासस/एएनआई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *