काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र सञ्चार सचिव राधिका अर्यालबीच कार्य सम्पादन सम्झौता भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कामको सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा सरकारको नीति तथा कार्यक्रमदेखि बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू समावेश छन् । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलमा सिनेमाको स्तरोन्नतिका योजनाहरू समेटिएको छ । मन्त्री गुरुङले पनि सुझाव र निर्देशन दिनुभएको थियो ।
सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनाको कार्य अवस्थाको प्रतिवेदन बुझाउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सञ्चार मन्त्रालयले आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच