काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । सोमबार वीरगञ्जमा आयोजित एक समारोहबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्यमशीलता प्रवद्र्धन गर्न कोष बनाएको जानकारी गराउँदै मुलुकभित्रै रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रोजगारको अभावमा युवाहरू विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनासाथ युवा उद्यमी संगठित गर्ने कार्यका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवादसमेत दिनुभयो ।
सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरूलाई नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको उहाँको भनाइ थियो । सिएनआई मधेश प्रदेश अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने भएकाले मञ्चमार्फत् नयाँ अवसर खोज्दै उद्यमशीलतामा नयाँपन ल्याउँदै र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पसाथ अघि बढ्न चाहेको बताउनुभयो । मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताउनुभयो ।
मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्गटा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् । सन् २००८ मा गठन भएको मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोहीअनुरूपका गतिविधिसमेत गर्दै आएको छ । सोही अवसरमा मञ्च मधेश च्याप्टरसँग होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रिल फ्याक्ट्री, होटेल इच्छा, वल्र्ड अफ ओन्डर एण्ड स्पोर्ट हाउसले सहकार्य गर्ने समझदारी गरेका सिएनआईले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच