काठमाडौं । टेक्नो मोबाइलले टेक्नो स्पार्क गो वान नेपाली बजारमा ल्याएको छ । जसको सुरुवाती मूल्य ११ हजार नौ सय ९० रुपैयाँ रहेको छ । स्टाइलिस स्मार्टफोन ब्राण्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान ल्याएको हो । न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सकिने स्पार्क गो वान अनलाइन र अफलाइन दुवै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आठ जिबी र्याम र बुमिङ, क्रिस्टल क्लियर अडियोका लागि डिटिएससहितको डुअल स्टेरियो स्पिकर रहेको स्पार्क गो वानबारे टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भन्नुहुन्छ, ‘फोनको सुपरस्टारका रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ ।
यो एउटा यस्तो स्मार्टफोन हो, जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान योभन्दा अघि जान तयार रहेको छ । आजका प्रयोगकर्ताको अपेक्षा, दैनिक प्रयोगका लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’ विभिन्न तीन भेरियन्टमा उपलब्ध टेक्नो पार्क गो वानको मूल्य ११ हजार नौ सय ९० देखि १३ हजार नौ सय ९० रुपैयाँसम्म रहेको छ । साथै सय दिनसम्मको रिप्लेसमेन्ट ग्यारेन्टी र १३ महिना वारेन्टीसमेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच