काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गतको खेलमा नेपालले क्यानडासँग लज्जास्पद हार ब्यहोरेको छ। मंगबलार बिहान सम्पन्न खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो।
नेपालको ब्याटिङ लाइन नचल्दा नेपाल पराजित हुन पुग्यो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन मात्र बनाएर अलआउट भयो।
कुनै पनि ब्याट्सम्यान नचलेको नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोड्नु भयो । उहाँले २४ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गर्नुभएको थियो । सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन थप्नुभयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल १० बल खेलेर १ रनमै आउट हुनुभयो। उहाँलाई क्यानडाका हेलिगरले एलबिडब्लूको धरापमा पार्नुभयो ।
आसिफ शेखले २० रन बनाउनुभयो भने भीम सार्की १८ रनमा आउट हुँदा कप्तान रोहित पौडैल ५ रनमा सीमित हुनभयो । कुशल मल्लले १२ रन बनाएको खेलमा दीपेन्द्रसिंह ऐरी ८ र सोमपाल कामी ६ रनमा आउट हुनुभयो ।
नेपालले २५.१ ओभरमा ७ विकेट गुमाउँदा ८० रन जोडेको थियो। ब्याटिङ लाइन पुरै नचल्दा बलर ब्याटिङ सम्हाल्न पुगेका थिए। बलिङमा क्यानडाका हेलिगरले ५ विकेट लिँदा मात्र ३१ रन खर्चिए। अखिल कुमार र अंश पटेलले २–२ विकेट हात पारे।
टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालविरुद्ध क्यानडाले ८ विकेटको क्षतिमा २५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलास किर्टनले उत्कृष्ट ब्याटिङ गर्नुभयो । किर्टनले नटआउट ७३ रन बनाउनु भएको थियो । उहाँले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्नुभएको थियो ।
बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले २–२ विकेट लिनुभयो भने सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले १–१ विकेट हात पार्न भयो ।
विश्वकप लिग–२ मा पाँच खेल खेलिसकेको नेपालले एक मात्र जित निकालेको छ। क्यानडा भ्रमणमा रहेको नेपालले दोस्रो खेलमा ओमानसँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच