काठमाडाैं । चेक गणतन्त्रमा अत्यधिक वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको प्रहरीले जनाएको छ । चेक पुलिस अध्यक्ष मार्टिन भोन्ड्रासेकले देशको उत्तरपूर्वी मोराभियन-सिलेसियन क्षेत्रको ब्रुन्टल नजिकैको नदीमा एक व्यक्ति डुबेर मृत्यु भएको बताउनु भयो ।
मार्टिनले बाढीमा बेपत्ता भएका सात जनाको खोजी जारी राखेको बताउनुभयाे । अन्य दुई जना बाढीमा बेपत्ता भएको र शव भेटिएको प्रहरीकाे भनाइ छ ।
उच्च पानीले मोराभियन-सिलेसियन क्षेत्र र विशेष गरी उत्तरपूर्वी र दक्षिणी बोहेमिया उच्च जोखिममा छन् । अहिलेसम्म १२ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र सोमवारसम्म देशका करिव १ लाख १८ हजार घरधुरी बिजुलीविहीन रहेको बताएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।