विन्डहोक । अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग टुमा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । नामिबियाले विन्डोहकमा दिएको २०० रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाउनुभयो ।
साइतेजा मुककामल्ला ७४ बलमा ४ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहँदा सुशान्त मोदानीले ३६ रन बनाउनुभयो । नामिबियाका जेरार्ड इरास्मसले २ र टांगेनी लुंगामेनीले १ विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका जान फ्रेलिंकले ८८ बलमा ७ चौकासहित सर्वाधिक ७० रन बनाउनुभयो ।
जेजे स्मिथले ७५ बलमा ३ चौका र ३ छक्कासहित ४९ रन जोड्नुभयो । अमेरिकाका सौरभ नेत्रवालकर, जुआनोय ड्रिसडेल र मिलिन्द कुमारले २-२ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच