काभा महिला भलिबल : पुलिसको तेस्रो जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले २५-१५, २५-१२, २५-१४ को जित निकालेको हो । तेस्रो जितसँगै नौ अंक बनाएको पुलिसले फाइनल पुग्ने सम्भावना बढाएको छ ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको एयरफोर्सलाई समान ३-० को सोझो सेटमा हराएको थियो । पुलिसले अब लिग चरणको अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *