क्यानडा । स्वीकारोक्ति फाउण्डेशनद्वारा आयोजित ‘स्वीकारोक्ति विश्व यात्रा-२०२४’ कार्यक्रम समापन भएको छ । यस कार्यक्रमको प्रमुख उद्देश्य भोकमरी निर्मूल गर्नु र मानवीय एकताको सन्देश फैलाउनु रहेको आयोजकले जनाएको छ । कार्यक्रमले ‘एकताको लहरले विश्व जीत्न सकिन्छ’ भन्ने सन्देशलाई सबैको मनमा गहिराइसम्म पु¥याउन सफल भएको आयोजकको भनाइ छ ।
कार्यक्रममा रोहित खरेलले आभार व्यक्त गर्नुभएको थियो भने नारद खरेल ‘निडर’ले स्वागत मन्तव्य दिँदै अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । विश्व भुटानी साहित्य मञ्चका महासचिव पातलो अन्तरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
कृषा खरेलले कलात्मक प्रस्तुति रहेको कार्यक्रममा रविन साम्पाङले बान्तावा कविता प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, आभाष रिखामले युवामा शिक्षा र स्वीकारोक्तिको भूमिकाबारे मन्तव्य दिनुभएको थियो । गायक किरण गजमेरले ‘देखेर तिमीलाई’, ‘छोडी हिँडेउ’ जस्ता गीत प्रस्तुत गर्नुभएको थियो भने भद्रवाज सर्गमले संस्कृति र पहिचानबारे सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा रमेश देशारले ‘नयाँ मुना-मदन’ नाटक प्रस्तुत गर्नुभएको थियो, जसलाई गीतसहित सम्पन्न गरिएको थियो । कमल कार्की र सुवास प्याकुरेलले ‘सिरानमा फोटो छ’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्वीकारोक्ति फाउण्डेशनको भूमिका र दर्शनबारे विमर्श गरिएको थियो । सुसन माझीले ‘स्वीकारोक्तिको भूमिका परिवार र समाजमा’ विषयमा प्रस्तुति दिनुभएको थियो भने, सन्तोष राईले ‘हङकङ पोखरा’ गीत प्रस्तुत गर्दा कर्ण गुरुङ र समूहले विशेष नृत्य प्रस्तुत गरेको थियो ।
फाउण्डेशनका सस्थापक अध्यक्ष तथा स्वीकारोक्ति फाउण्डेशनका प्रतिपादक डेन्जम साम्पाङले स्वीकारोक्ति दर्शन र यसको महत्वबारे विमर्श गर्नुभएको थियो । यस्तै, कमल कार्कीले ‘जुम्सुमे बजारमा’ गीत प्रस्तुत गर्नुभएको थियो भने लक्की रासीले कविता वाचन गर्नुभएको थियो । राज बरालले ‘स्वीकारोक्तिः द्वन्द्व निरुपणको सास्वत सिद्धान्त र अन्तिम सत्य’ विषयमा चर्चा गर्नुभएको थियो ।
यस्तै, समाजसेवी तथा साहित्यकार ओम गोर्खाली अधिकारीले ‘वर्तमान सन्दर्भमा साहित्यको भूमिका’बारे विचार व्यक्त गर्नुभएको थियो । स्वीकारोक्ति फाउण्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । गुरुङले स्वीकारोक्ति दर्शन र सकारात्मक सोचको महत्वबारे सम्बोधन गर्नुभयो । नारद खरेलले ‘बालक’ कविता प्रस्तुत गर्दा सातजना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
खरेलले हल्का मनोरञ्जनात्मक प्रस्तुति ‘कति खानु यो बुडीको गाली’ व्यंग्तामक गीत पनि प्रस्तुत गर्नुभएको थियो । जसमा उहाँलाई रमेश र सुवासले साथ दिनुभएको थियो । खरेलले कविता ‘कालो जुम्रो’ पनि वाचन गर्नुभएको थियो । सुबास प्याकुरेलले ‘साथी’ ¥याप गीत प्रस्तुत गर्नुभएको थियो ।