काठमाडौं । टुगेदर फर हन्ड्रेड भन्ने नाराका साथ टोस्ट मास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । गत शनिबार काठमाडौंमा आयोजित साइटेसनमा देशभरका करिब तीन सय सदस्य उपस्थित थिए । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्य साइटेसनमा सहभागी भएका थिए । टोस्ट मास्टर्स इन्टरनेसनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा एक सय टोस्ट मास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि साइटेसनमा व्यक्त गरिएको थियो ।
टोस्ट मास्टर्स नेपालले हरेक वर्ष टोस्ट मास्टरको सदस्यभन्दा बाहेकका एक व्यक्तित्वलाई सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी भूषण दाहाललाई प्रदान गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा हिन्दू पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण हुनुहुन्थ्यो ।
टोस्ट मास्टर्स इन्टरनेसनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मुन प्रधानले भन्नुभयो, ‘यस वर्षको साइटेसनले नेपालको टोस्ट मास्टर्स समुदायबीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्ट मास्टर्सको हालसम्मको प्रगति देखेर निकै गर्वित छौँ । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म सय टोस्ट मास्टर्स क्लब पु¥याउने लक्ष्य हामीले राखेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच