काठमाडौं । मुक्तिनाथ फाउण्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान तथा दन्त शिविर आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलनका साथै ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका फाउण्डेसनले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाका लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।
सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सीताराम काफ्लेले १० हजार तथा सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार संस्थालाई आ-आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गर्नुभएको थियो ।
सामाजिक तथा आर्थिकरूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने फाउण्डेसन २०७८ असोज १ गते औपचारिकरूपमा दर्ता भई सञ्चालनमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच