काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुर्ई महिनामा गत आर्थिक वर्षभन्दा पुँजीगत खर्चमा सुधार आएको छ । पुँजीगततर्फ गत वर्ष आठ अर्ब १६ करोड रुपैयाँ खर्च भएकोमा यस वर्षको भदौसम्ममा १४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै दुई महिनामा चालुतर्फ ८२ अर्ब ९८ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । गत वर्ष सोही अवधिमा चालुतर्फ ८७ अर्ब ६६ करोड र वित्तीय व्यवस्थापनतर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो ।
पुँजीगततर्फ गत वर्ष आठ अर्ब १६ करोड रुपैयाँ खर्च भएकोमा यस वर्षको भदौसम्ममा १४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ
त्यसैगरी राजस्व संकलनमा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा ९.७४ प्रतिशत बढी हो । गत वर्ष भदौसम्म एक खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन गत वर्षभन्दा ३१.३८ प्रतिशत बढी राजस्व संकलन गर्नुपर्नेछ । सरकारले गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढीमात्रै राजस्व संकलन भएको हो ।
सो अवधिमा संकलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११.३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार संकलन भएको छ । सरकारले कर राजस्वतर्फ कुल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख संकलनको वार्षिक लक्ष्य लिएको छ । गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख बराबर वार्षिक लक्ष्य राखिएकोमा १५.६९ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ४३ लाख संकलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच