हुम्ला । हुम्लामा पहिलो पटक एक ११ वर्षिय बालकमा डेङ्गुको संक्रमण पुष्टि भएको छ । मङ्गलबार जिल्ला अस्पतालमा डेङ्गुको संक्रमणको लक्षण देखिएपछि चेक गर्दा पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
अत्यधिक ज्वरो आएर जिलला अस्पतालमा भर्ना भएपछि ती बालकको स्वाव परिक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । डेङ्गुको संक्रमण पुष्टि हुने सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँका ११ वर्षका बालक रहेका छन् । बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्यावमा परीक्षण गर्दा डेङ्गु पुष्टि भएको कार्यालय प्रमुख सिंहले बताउनुभयो । चिकित्सकले बालकमा भएको डेङ्गु पुष्टी गरेको बताइएको छ । डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन् । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
हालसम्म हुम्ला जिल्ला डेङ्गुबाट सुरक्षित रहँदै आएको थियो । जिल्लामा डेङ्गुको एक जना बिरामी देखिएको कारण सबैलाई सुरक्षित रहन जिल्ला अस्पताल हुम्लाले आग्रह समेत गरेको छ । जिल्लाको दक्षिण भेगमा धेरै गर्मी हुने भएपनि हालसम्म कोही कसैमा डेङ्गुको संक्रमण नदेखिएको उहाँले बताउनुभयो ।
लामखुट्टेको बिगबिगी
जिल्लामा लामखुट्टेको बिगबिगी भने उच्च रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे अहिले हुम्लामा पनि धेरै देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण हिमाली भेगमा समेत लामखुट्टेको प्रकोप देखिन थालेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । नेपालगन्ज र सुर्खेतबाट दैनिक उडान हुने हवाईजहाजबाट सामान ढुवानी गर्दा यसको प्रकोप फैलिएको हुन सक्ने बताइएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा पछिल्लो वर्ष यता लामखुट्टेले टोक्न थालेको स्थानीयले बताएका छन् ।जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थालेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच