भोजपुर । १४ टिमको सहभागितामा पहाडी जिल्ला भोजपुरमा बुधवारबाट अण्डर-१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । दोश्रो संस्करणको रुपमा सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको निर्णायकलाई बल हस्तान्तरण गर्दै भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नु भयो ।
बिहानी फुटबल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको आयोजक क्लवका अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिनुभयो । नकआउटका आधारमा खेलाइएको प्रतियोगिता अन्तर्गत पहिलो दिन छ वटा खेलहरु सञ्चालन भएका छन् । जसमा चण्डेश्वरी मावि नागीलाई हराउँदै सगरमाथा बोडिङ स्कुल, जकल्याण माविलाई पराजित गर्दे पञ्चकन्या मावि बोखिम, जनसेवा आबिलाई हराउँदै बिद्योदय मावि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीलाई जित्दै षडानन्द मावि दिङला अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितातर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगिता असोज २ गते देखि असोज ५ गतेसम्म हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच