काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरु नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनलाई शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी ल्याब अधिकृतको हैसियतमा व्यक्तिगत लाभ लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच