पश्चिम म्याग्दीमा चल्ने बस र जिपको भाडादर घट्यो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । पश्चिम म्याग्दी क्षेत्रमा चल्ने बस र जिपमा लिँदै आएको भाडा घटाइएको छ । बेनी–दरबाङ सडकको कालोपत्रे खण्ड र कच्ची सडकमा न्यूनतम ५ रुपैयाँ देखि एकसय ५० रुपैयाँसम्म भाडा घटेको हो ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिद्धारा सञ्चालित जिप तथा बसले बेनी–दरबाङ, दरबाङ–बिम, दरबाङ–रुम,दरबाङ–धारापानी, ताकम मुना,लुलाङसम्म र दरबाङ–बिम, खारा मराङसम्म नियमित सञ्चालन हुने सवारीसाधनमा भाडा समायोजन गरेको समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

“तोकिएको भाडादर लागु भइसकेको छ, सरोकारवाला निकायसँग समेत समन्वय गरी कार्यान्वयनलाई प्रभावकारी बनाउँछौ” अध्यक्ष श्रेष्ठले भन्नुभयो । तोकिएको भाडादरमा बेनी–दरबाङ सडक हुदै विभिन्न ठाउँमा जाने तथा विभिन्न नाकाबाट भित्रिने सवारीसाधनले अनिवार्य रूपमा तोकिएको भाडादर लागू गर्नुपर्नेछ ।

पक्की सडक भए पनि भाडादर नघटेको भन्दै पश्चिम म्याग्दीमा चल्ने सवारीसाधनका यात्रुले गुनासो गर्दै आएका थिए  । हाल सदरमुकाम बेनी - दरबाङ सडकखण्ड अन्तगत लाम्पाटासम्मको सडक कालोपत्र भइसकेको छ भने समितिले कच्ची सडकमा समेत समायोजन गरेको भाडादरमा टोल र बस्ती नै तोकिएकाले सर्वसाधरण यात्रुलाई सहज हुनेछ । यसैबीच जिल्लाको अन्य ग्रामिण सडकमा ढलान तथा कालोपत्रे भइसकेको सडकमा पनि भाडादर समायोजन गर्न समायोजन गराउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *