सरकारको न्यूनतम साझा कार्यक्रम हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ हस्तान्तरण गरेको छ ।

सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिपछि बनेको सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिजाल सहभागी हुनुहुन्थ्यो ।

असार ३१ गते गठन भएको वर्तमान सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *