काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘खुस्मा’ प्रदर्शनमा आएको छ । यो चलचित्र आज असोज ३ गते (बिहवार) संविधान दिवसका अवसरमा सिनेमाघरमा आएको हो । यसको मंगलबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा राजनीतिज्ञदेखि चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।
चलचित्र हेरेपछि सबैले उत्कृष्ट सिनेमा बनेको भन्दै निर्देशक अशोक थापामगर निर्देशकीय पक्ष तथा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । चलचित्र हेरेका अधिकांशले फिल्मको कथालाई माओवादी द्वन्द्वको असर भोग्ने सबैले आफैंलाई परेको महसुस गर्ने अनुभव सुनाएका थिए ।
प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले ‘खुस्मा’ चलचित्र नभई एउटा दस्तावेज बनेको बताउनुभयो । ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोकजीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भएको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने सिनेमा हरेक एङ्गलबाट प्रष्टसँग प्रस्तुत गर्नुभाको छ । यसमा के छ भने एकदमै दम छ । एकपटक तपाईंले सिनेमा हेर्नु भएन भने तपार्इंले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उहाँले भन्नुभयो । सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर प¥यो भन्ने विषय चलचित्रले चित्रण गरेको उहाँको जिकिर थियो ।
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले ‘खुस्मा’ हेरिरहँदा केही ठाउँमा आफू निकै भावुक भएको बताउनुभयो । उहाँले धीरजसँगै मुख्य अभिनेत्री उपासनाको खुलेर तारिफ गर्नुभयो ।
निर्देशक निश्चल बस्नेतले चलचित्रमा कथालाई मज्जाले प्रस्तुत गरिएको बताउनुभयो । ‘खुस्माबाट निर्देशक अशोक थापामगरले जे चिज भन्न खोज्नु भएको थियो । त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैंले सिनेमा लेख्नु पनि भएको छ । सम्पादन पनि आफैं गर्नुभएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्यूले आफूले चाहेको जस्तो बनाउन सक्नुभएको होला । कलाकारमा उपासनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धीरजले पनि अभिनयमा आफूलाई अब्बल सावित गरेका छन्,’ उहाँले भन्नुभयो ।
प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिनुभएका धीरज ‘खुस्मा’लाई आमनेपालीको कथा भन्न रुचाउँनुहुन्छ । ‘यो सबै नेपालीले भोगेको र देखेको कथा हो । उपासनाले निभाएको चरित्र धेरै महिलाको कथा हो । हामीले छायांकन रुकुममा ग¥यौं तर यो कथा आम नेपालीको हो,’ उहाँले भन्नुभयो । दुवै मगर पहिरनमा आकर्षक देखिनुभएको थियो ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापामगरले गर्नुभएको हो । उहाँले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय चलचित्र हो ।
चलचित्रमा धीरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले माओवादी द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच