बर्दघाटको कविता प्रतियोगितामा मरासिनी, तिमिल्सिना र घिमिरे उत्कृष्ट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय शिक्षकहरुको कविता लेखन तथा वाचन प्रतियोगितामा राजा महात्मा पुर्णभद्र मा.वि.का शिक्षकहरु उत्कृष्ट हुनु भएको छ । नगर भित्रका विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागी रहेको प्रतियोगितामा गीता मरासीनी प्रथम, एक नारायण तिमिल्सीना द्वितिय र डा. हरि प्रसाद घिमिरेले तृतीय स्थान हासिल गर्नुभएको छ । उहाँहरु तिनै जना राजा महात्मा पुर्णभद्र मा.वि.मा पढाउनु हुन्छ ।

सोही क्रममा नगर भित्रका कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरुबीच भएको श्रुती लेखन प्रतियोगिता, कक्षा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुबीचको वक्तृत्वकला प्रतियोगिता र आधारभुत तह कक्षा ८ देखी स्नातक तहसम्म उत्कृट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । बिषयगतरुपमा उत्कृष्ट शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखाले नगरका शिक्षकहरुबीच कविता लेखन तथा वाचन प्रतियोगिताको निर्णायकमा डा.घनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : कृष्ण सिटौला ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई मोहन बस्नेतको चुनौती कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक : लेखक मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ काठमाडौंमा शनिबार र आइतबार २४ घण्टा ग्यास बिक्री गरिने