नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय शिक्षकहरुको कविता लेखन तथा वाचन प्रतियोगितामा राजा महात्मा पुर्णभद्र मा.वि.का शिक्षकहरु उत्कृष्ट हुनु भएको छ । नगर भित्रका विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागी रहेको प्रतियोगितामा गीता मरासीनी प्रथम, एक नारायण तिमिल्सीना द्वितिय र डा. हरि प्रसाद घिमिरेले तृतीय स्थान हासिल गर्नुभएको छ । उहाँहरु तिनै जना राजा महात्मा पुर्णभद्र मा.वि.मा पढाउनु हुन्छ ।
सोही क्रममा नगर भित्रका कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरुबीच भएको श्रुती लेखन प्रतियोगिता, कक्षा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुबीचको वक्तृत्वकला प्रतियोगिता र आधारभुत तह कक्षा ८ देखी स्नातक तहसम्म उत्कृट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । बिषयगतरुपमा उत्कृष्ट शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाले नगरका शिक्षकहरुबीच कविता लेखन तथा वाचन प्रतियोगिताको निर्णायकमा डा.घनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल रहनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच